प्रधानमन्त्री दाहाल र एसिया रग्बीका अध्यक्ष कायस बीच छलफल

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद्का संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एसिया रग्बीका अध्यक्ष कायस अल धलाईबीच भेट वार्ता भएको छ।

आइतबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा नेपालमा रग्बी खेल विकासका विषयलाई लिएर छलफल भएको हो । सो अवसरमा एसिया रग्बीका अध्यक्ष कायसले नेपाल सरकारले रग्बी खेल विकासमा गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे । साथै नेपाल रग्बी संघले लगातार दुई वर्ष एसिया रग्बीको अन्तर्राष्ट्रिय प्रतियोगिता गरिरहेको र उक्त आयोजना सरकारको सहयोग बिना सम्भव नभएको कायसले धारणा राखेका थिए ।

‘नेपालले पछिल्ला समय रग्बीमा विकास गरेको छ । सरकारको सहयोग बिना त्यो सम्भव थिएन । एसिया रग्बीको तर्फबाट धन्यवाद दिन चाहन्छौं,’कायसले भने ।

प्रधानमन्त्री दाहालले नेपाललाई विश्वास गरेर लगातार दुई प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी दिएकोमा एसिया रग्बी र अध्यक्ष कायसलाई धन्यवाद दिए । ‘एसिया रग्बीले नेपाललाई विश्वास गरेर दुई प्रतियोगिता आयोजन गर्ने जिम्मेवारी दिएकोमा हो । हाम्रो सरकार र मेरो प्राथमिकतामा नै खेलकुद र युवाहरूको विकास गर्ने तर्क थियो । सोहि अनुसार अन्य खेलसँगै रग्बीको विकासमा पनि सरकारले सहयोग गरिरहने बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *