काठमाडौं- पोखराको पृथ्वीचोकमा पृथ्वीनारायण शाहको सालिक राख्न माग गर्दै राजतन्त्र पक्षधर एक समूहले पोखरा महानगरपालिका कार्यालय अगाडि आइतबार नाराबाजी गरेको छ ।‘राष्ट्र निर्माता गौरव अभियान’ नामक समूहले पृथ्वीचोक सभागृह चोक हुँदै महानगर पुगेर मेयर धनराज आचार्यलाई पृथ्वीनारायण शाहकै सालिक राख्न आग्रह गरेको छ ।
साउन २४ गते अन्तर्राष्ट्रिय आदिवासी दिवसको दिन पृथ्वीचोकमा रहेको लखन थापाको मुनि रहेको पृथ्वीनारायण शाहको प्रतिमा एक समूहले हटाइदिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी र पृथ्वीनारायण शाहका समर्थक आक्रोशित बनेका हुन् ।सोही दिनदेखि पृथ्वीचोकमा लखन थापाको नभई पृथ्वीनारायण शाहकै सालिक राख्नुपर्ने माग राख्दै आन्दोलन गर्दै आएका छन् । उनीहरुले बलजफ्ती महानगरले नै प्रतिमा हटाइदिएको आरोप लगाउँदै आएका छन् ।
पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक २ वर्षअघि नै जामुनबोटमा अनावरणमेत भइसकेको छ । पृथ्वीचोकमा रहेको लखन थापासहित महानगरभित्रका सबै सालिक एक महिनाभित्र जामुनबोटमा स्थानान्तरण गरिसक्ने महानगरले जनाएको छ पृथ्वीचोकमा पृथ्वीनारायणको सालिक राख्न माग गर्दै नाराबाजी
४ भदौ, पोखरा । पोखराको पृथ्वीचोकमा पृथ्वीनारायण शाहको सालिक राख्न माग गर्दै राजतन्त्र पक्षधर एक समूहले पोखरा महानगरपालिका कार्यालय अगाडि आइतबार नाराबाजी गरेको छ ।
‘राष्ट्र निर्माता गौरव अभियान’ नामक समूहले पृथ्वीचोक सभागृह चोक हुँदै महानगर पुगेर मेयर धनराज आचार्यलाई पृथ्वीनारायण शाहकै सालिक राख्न आग्रह गरेको छ ।
साउन २४ गते अन्तर्राष्ट्रिय आदिवासी दिवसको दिन पृथ्वीचोकमा रहेको लखन थापाको मुनि रहेको पृथ्वीनारायण शाहको प्रतिमा एक समूहले हटाइदिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी र पृथ्वीनारायण शाहका समर्थक आक्रोशित बनेका हुन् ।