त्रिविमा स्नातक तहको इन्जिनियरिङकोे शुल्क दोब्बरले वृद्धि

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले स्नातक इन्जिनियरिङ (बीई) को शिक्षण शुल्क वृद्धि गरेको छ ।

डिन कार्यालयले आंगिक क्याम्पसहरुले लिन पाउने शुल्क वृद्धि गरेको हो । २ लाख ८० हजारबाट वृद्धि गरेर शिक्षण शुल्क ७ लाख ७५ हजार पुर्‍याइएको पुल्चोक इन्जिनियरिङ क्याम्पसका स्ववियू अध्यक्ष विराज अर्यालले जानकारी दिए । शुल्क वृद्धिको स्ववियू, अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायत विद्यार्थी संगठनले विरोध गर्दै आएका छन् ।

अध्ययन संस्थानको पुल्चोक, थापाथली, पोखरा, धरान र चितवनमा आंगिक क्याम्पसहरु सञ्चालनमा रहेका छ्न । वृद्धि भएको शुल्क आगामी शैक्षिक सत्रदेखि यी क्याम्पसमा लागु हुने डिन कार्यालयले जनाएको छ । क्याम्पसहरू घाटामा रहेका कारण देखाउँदै शुल्क बढाइएको हो । विद्यार्थीले भने शुल्क वृद्धि फिर्ताको माग राख्दै आन्दोलन थालेका छन् ।

इन्जिनियरिङका निजी क्याम्पसहरुले भने मनोमानी रुपमा शुल्क लिँदै आएका छन् । डिन कार्यालयले निजीतर्फ अधिकत्तम शुल्कको सिलिङ तोकिन्छ । त्यसकै आधारमा निजीले फरक/फरक शुल्क लिन्छन् । स्ववियू अध्यक्ष अर्यालले शुल्क वृद्धि फिर्ता हुने पर्ने माग गरे । ‘स्ववियूको शुल्क वृद्धि मान्य हुँदैन, आंगिक क्याम्पसको दायित्त्व सरकारले लिनुपर्छ,’ उनले भने ।

आईओईले साउन २५ गतेको निर्णयअनुसार २०५३ सालपछि शुल्क वृद्धि गरिएको जनाएको छ ।आईओई अन्तर्गत ५ आंगिक र १० निजी इन्जिनियरिङ क्याम्पस सञ्चालनमा छन् । निजी क्याम्पसहरु काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा मात्रै सञ्चालनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *