नेपाल हक्की संघको आयोजना तथा एसिया हक्कीको प्राविधिक सहयोगमा संचालन गरिएको एक साताको ओलम्पिक सोलिडारिटी कार्यक्रम सम्पन्न भएको छ । नेपाल ओलम्पिक कमिटीको सातदोबाटोस्थिति मुख्यालयमा भएको कार्यक्रममा एसिया हक्कीका इभेन्ट म्यानेजर डेभलपमेन्ट अफिसर जाहिद अलीले प्रशिक्षण दिए ।
कार्यक्रममा प्रशिक्षक, निर्णायक र संघका पदाधिकारी गरेर कुल ३० को सहभागिता थियो । कार्यक्रममा हक्कीको प्रशिक्षण तथा निर्णायकका प्राविधिक पक्षबारे तालिम दिइयो । यस्तै इभेन्ट्स म्यानेजमेन्टबारे पनि प्रशिक्षण दिइएको थियो । प्रशिक्षकको भूमिकामा रहेका अली पाकिस्तानका पूर्व अन्तर्राष्ट्रिय खेलाडी समेत हुन् ।



