नेपाली खेलाडीलाई पाकिस्तान क्रिकेट बाेर्डकाे स्वागत

काठमाण्डाै – एसिया कप खेल्न पाकिस्तान पुगेकाे नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई पाकिस्तान क्रिकेट बाेर्ड (पीसीबी) ले स्वागत गरेकाे छ ।

नेपाली टाेली आज बिहान पाकिस्तानकाे कराँची पुगेकाे हाे । नेपालले कराँचीमा रहँदा एसिया कपका लागि अभ्यास गर्नेछ । 

एसिया कप यही अगस्ट ३० तारिखदेखि शुरु हुँदैछ । नेपालले अगस्ट ३० मा पाकिस्तानसँग खेल्दै नेपालले एसिया कपमा डेब्यु पनि गर्दैछ । समूह ‘ए’ मा रहेको नेपालले दोस्रो खेल अर्काे बलियो टोली भारतसँग सेप्टेम्बर ४ मा खेल्नेछ । त्यसका लागि नेपाल पाकिस्तानबाट श्रीलङ्का जानेछ ।

रोहितको कप्तानीमा रहेको टोलीमा कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, आरिफ शेख, गुलसन झा, करण केसी, किशोर महतो, श्याम ढकाल (मौसम), प्रतिश जिसी, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, सोमपाल कामी, अर्जुन साउद, भीम सार्की र सन्दीप जोरा छन् । यद्यपि सन्दीपको सहभागिताबारे टुङ्गो लागिसकेकाे छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *