गरिबि अभाब र बिपत्तीमा जीवन यापन गरि रहेको आम जनसमुदायको स्थायी सरकार संगको आशा भरोषा र अपेक्षा दैनिक जीवन यापन गुणस्तरिय जीवनको सपना संग जोडिएको छ । सार्वजनिक प्रशासन संग जोडिएका हरेक अवयब प्रत्यक्ष परोक्ष रुपमा जनअपेक्षा संग जोडिएको हुन्छ । गाँस बास कपास शिक्षा स्वास्थ्य रोजगार सुरक्षा न्याय र रक्षा संग आफु अनुकुल आफ्नो दक्षता क्षमता र भुगोल अनुरुपको ब्याख्या हरेक मानिसले गरेको पाईन्छ ।
नेपालमा घरायसी कामदार र पजनी प्रथाबाट प्रारम्भ भएको निजामति सेवाले बि.सं.२०१३ सालमा कानूनी मान्यता लिएर आकार र स्वरुप ग्रहण गरेपछि मानिसको निजामती सेवा संग अपेक्षा देखिने क्रम समय संगै फरक रह्यो यद्यपी वस्तुनिष्ठ ढँगले हेर्ने हो भने यसको बिगत देखि बर्तमान सम्मको जनअपेक्षामा कुनै फरक पना आएको पाईदैन ।
जनसमुदायको प्रत्येक दिनको दैनिक जीवनमा सरकार संँग गरिएको अभिभावकिय आशाका बिषयमा राजनैतिक प्रतिनिधीको भौतिक उपस्थितिले आफुलाई न्यानो बनाउने मन बुझाउने आवस्यकता पुरा गर्ने ओभानोमा पेटभरी खाएर एउटै छानोमा रमाउने सपनाको अनन्य सहयोगी र सहजकर्ताको भुमिकामा निजामती सेवालाई नै लिने गरेको पाईन्छ ।
शिक्षा चेतना सुचना सञ्चारको पहुँच र बिकासले अपेक्षामा परिवर्तनको रुपमा देखिन्छ । २०१५ सालमा भएको जनअपेक्षा आजको समयमा गुणात्मक रुपले फरक छ यद्यपी त्यो जनसमुदायको प्रत्येक्ष दैनिकी संग सम्वन्धित छ गर्भमा रहेदेखि आफु मृत्यु पछिको मसानघाट सम्म आवस्यक सम्पुर्ण पक्षको आवस्यकतामा अभिभावकिय अपेक्षा निजामति सेवा संग जनसमुदायले खोजेको पाईन्छ । गर्भको सुरक्षा , सुरक्षित जन्म सुरक्षित बालापन ,उचित शिक्षा, र उचित रोजगारी समाजिक सुरक्षा पारिवारिक रक्षा सुरक्षा पेटभरी पौष्टिक खाना उचित उपचार ब्यवस्थित सुरक्षित र संरक्षित बृद्धावस्था सहज मृत्यु दैबी प्रकोपबाट सुरक्षा र मृत्यु पछिको उचित ब्यवस्थापनमा समेत निजामति सेवाको भर बिस्वास र आशा जनसमुुदायले राखेको पाईन्छ । यरी हेर्दा समग्र गुणस्तिरिय जीवनको अभिन्न अँगको रुपमा निजमाति सेवा संग जनबिस्वास र भरोषा गाँसिएको हुन्छ ।
फरक भुगोल र दुरदराजमा पनि जनसमुदायले प्रत्येक्ष भेट्ने निजामती कर्मचारीले जनअपेक्षा पुरा गर्न सकेको वा नसकेको बिषय फरक हो तर आफ्ना अपेक्षा पुरा गर्न गराउन जनसमुदायले निजामती सेवाका प्रतिनिधीलाई फरक लाभ दिनु नपरोस स्वाभाबिक कानूनी अधिकारको रुपमा आफ्ना आवस्यकता आकाँक्षा र सपना पुरा गराउन सकियोस प्राप्त होस भन्ने नै मुख्य जनअपेक्षा रहेको देखिन्छ ।
निजामति सेवा सरकारको प्रतिनिधि र सेवा प्रवाहको सहजकर्ता भएकोले जनआकाँक्षा अनुकुल काम गर्न गराउन सकेको र जनबिश्वास पुर्ण रुपमा ग्रहण गरि कार्यसम्पादन गर्न नसकेको गुनासो सर्बत्र पाईन्छ । जतिसुकै गुनासो गरे पनि सुधारको लागि हो संसारमा निजामती सेवाको बिकल्प कसैले सोचेको वा स्थापित हुन सक्ने अवस्था छैन । बिकल्प हिन सहजकर्ता भुमिका लाई प्रचलित कानूनको अधिनमा रही आफुले पाउने लाभ र बृत्ती बिकासको बिषयलाई गौण राखेर जनअपेक्षा अनुकुल आफ्ना बिधि ब्यवहार र क्रियाकलापलाई अगाडी बढाउनु आजको आवस्यकता हो ।
निजामति सेवप्रतिको जनअपेक्षाको लागि हरेक तह र तप्कामा रहेका कर्मचारीहरुले निस्वार्थ भावले जनसेवा गनुर्को विकल्प छैन । मानव जातिको आधारभूत आवश्यकता परिपूर्तिदेखि अन्तिम अवस्था सम्म जिम्मेवारी बोकेको क्षेत्र निस्कृय भयो भने समग्र राष्ट्र निस्कृय हुन्छ र राष्ट्र निस्कृय हुँदा हुने प्रतिफल के हुन्छ यस्मा कसैले व्यख्या गरिरहनु पर्दैन । जनतासाग प्रत्यक्ष सरोकार राख्ने भएकोले निजामति सेवामा जनअपेक्षा धेरै भन्दा धेरै हुनु अस्वभाविक हैन । हाल देश नै नयाँ संरचनाको कार्यान्वयनको पंक्षमा रहेको छ । संरचना नयाँ भए पनि निजामति सेवा नयाँ नभएकोले दुरदराजसम्म पुगेर भरिपूर्ण जनसेवा प्रभावह गरिरहेको अवस्था रहेको छ ता पनि दुर दराजका जनताले पाउने पर्ने सेवा कति प्रभावकारीरुपमा पाए भन्ने कुरामा ध्यान पुराउनु पर्र्ने हुन्छ । नेपालको भूगोलले सहज नभए पनि निजामति सेवा प्रवाह गर्ने कुरामा भूगोलको कारण कुनै अवस्थामा जनताको आकाक्षालाई निस्तेज गर्नु हुँदैन । गर्भमा पलाई रहेको शिशुको ख्याल राख्ने देखि लिएर बालक जन्मिसकेपछि उस्को आधारभूत आवश्यकताको अधिकारको परिपूर्ति र संरक्षण गर्ने जिम्मेवारी राज्यको दायित्व हो । राज्यको महत्वपूर्ण पाटो निजामति सेवा रहेको कारण निजामति सेवाबाट गुणस्तरिय सेवा पाउने जनअपेक्षा नौलो भएन । अपेक्षा मात्रै नभएर एउटा नगरिकको भविश्यको निरक्र्यौल गर्ने दायित्व निजामति सेवा भित्रै पर्दछ । समाजमा नागरिकको शिक्षा स्वास्य, सामाजिक सुरक्षा देखि लिएर राष्ट्र र राष्ट्रियताको जगेर्ना गर्ने सम्पूर्ण दायित्व निजामतिसेवा भित्रै रहेको छ । तर्सथ जनताले निजामतिसेवालाई आप्नो सम्पूर्ण जिवन चक्रक पूरा गर्ने आधार तथा देश को भविश्य साग दाजेर हेर्ने गर्दछन् । आजभोली निजमाति सेवा भित्र लोभ लालच र लार्पावार्हीको कारण जनताले सरकारी कर्मचारी प्रति आशा मारेका छन् । सरकारी कर्मचारी भन्ने बितित्कै डराउँने सरकारी काम भन्ने बतिक्कै हच्किने, ला म सँग पैसा छैन कसरी काम गराउने? समय छैन कति दिन लागई दिने हो ? छिटो काम हुँदैन , भोली भोली भनेर हल्लाई दिन्छन् , गाली गर्छन , रिसाउँछन् को सँग भन्ने होला ? आफ्नो मान्छे कोही छैन, आफ्नो मान्छे भए पो छिटै काम हुन्छ यस्ता खाले मानसिक चिन्तामा जनता आजभोली पिरोलिएको पाइन्छ । यसो हुनु भनेको सिंगो राज्यको लागि दुर्भाग्य हो राष्ट्रप्रतिको निराशाले पक्कै पनि राम्रो सन्देश दिदैन । जुन निकायबाट जिवनका हरेक काम काज सहज रुपमा गराउनु पर्ने हो सोहि निकायसाग डर बोकेर जनता कसरी अगाडि बढ्न सक्छन ? जनताको सेवा गर्नको लागि भनेर निजमति सेवा स्थापना भएको सार्थकता नहुन सक्छ । नेपालको विकास र समृद्धि सिधै निजामति सेवा का विभिन्न समुह भित्र जाडिएका हुन्छन । देशको समग्र विकास गर्ने निजामति भित्रका विभिन्न सेवा समुहभित्र रहेका जनशक्तिले ईमान्दारितापूर्वक आ आफ्नो जिम्मेवारी पुरा गर्ने कामबाट चुकेर लोभ लालचमा परेर बाटो बिराउँदा व्यक्तिको निजि जिवनमात्र नभएर पुरै संस्था नै बदनाममा फस्नु पर्ने हुन्छ। निजामति सेवाका सबै जनशक्तिहरुकालई वर्तमान समय सापेक्षा दक्षता र क्षमतावान बनाउँदै लैजानु पर्ने पनि आजको आवश्यक्ता पर्दछ । कतिपय पूराना जनशिक्तको कार्यशैली र वर्तमान जनताको अपेक्षामा मा मेला नखाएर पनि दुबिधा उत्पन्न हुन सक्छ त्यसो भए मा सिंगो निजामति सेवा प्रति प्रश्न चिन्ह खडा हुन्छ यर्सथ समय सापेक्ष सिप विकास तथा शशक्त गराउँदै लैजान पनि आजको आवश्यक्ता हो । काम गर्ने शिलशिलामा नाता, आफन्त र भनसुनको आधारमा मात्र छिटोछरितो रुपमा काम गर्ने परिपाटीलाई अन्त्य गरेर सम्पुर्ण नेपाल जनताको हितमा काम गर्ने परिपाटीको विकास गर्नु पनि आजको आवश्यक्ता हो ।
पछिल्लो समयमा निजामति सेवा प्रति जनअपेक्षा निरासाजनक रहेको कुरा सबैको सामु छर्लङ्घ छ । चिल्लो गाडिमा बसेर सरर अफिस जाने अनि अफिसको पनि माथिल्लो तला वा भि आइं.पि कोठामा आफ्नो कार्यकक्ष बनाएर जनताबाट टाढै बसेर जनतालाई जनताको लागि योजना बनाउने र कार्यान्वय पनि सोही शैलीमा गर्दै जाने हो भने निजामति सेवाले नजिकबाट सेवा प्रदान गरेको महसुस मात्रै हुन्छ प्र्रभाव सुन्य हुन्छ । यदि त्यहि काम ग्रामिण भेकमा बस्ने जनताको आवाज योजना तर्जुमा देखि कार्यान्वय सम्म समेटेर लान सकियो भने जनताको लागि निजामति सेवा सर्मपित रहेको महसुस गर्ने छन् । हरेक संघ सस्थामा एक दुई जना व्यक्ति हाबी हुने परम्परा पनि यथावतै छ निजामति सेवा पनि यसबाट अछुतो छैन । व्यक्तिगत स्वार्थको लागि सस्थालाई प्रयोग गरेर सस्थाकै बद्नामी गर्ने व्यक्तिहरुको खाचो छैन । यधपी एक दुईजना व्यक्तिले गर्दा सिंगो सस्थालाई नै निरासाजनक बनाउनु र मान्न हुदैन भन्ने पनि जनचाहाना रहेको छ । सयौ , हजारौ संख्यामा प्रतिस्पर्धा भएर आएका जनशक्ति अरु भन्दा दर्बिलो हुने कुरामा पनि जनताको विश्वास छ । जनताको यो विश्वासलाई कायम गर्दै समय सापेक्ष जनतालाई सेवा प्रदान गर्नु निजमति सेवाको धर्म र कतव्र्य हो । जनताको प्रत्यक्षरुपमा सरोकार राख्ने सस्थाका पदाधिकारीहरुले जनताको सहकर्मी भएर उनीहरुको विश्वास टुट्न नदिन आजको चुनौति रहेको छ । नेपाल जस्तो विकासशिल देशमा जनताले राज्यबाट बढि अपेक्षा गर्नु स्वभाविकै हो जनचाहाना अनुसारको सबै सेवा प्रदान गर्न त नसकिएला तर जति सेवा प्रदान गर्नु पर्ने दायित्व त्यति चाहिँ निश्पक्ष र छिटो छरितो रुपमा प्रदान गर्न सकियो भने पनि जनताको मन दुख्दैन । सरकारी कायाृलयहरुमा सजिलो र छिटो काम गरिदिउन भन्ने जनताको अपेक्षा हुन्छ तर हाम्रो कार्यशैली सिस्टम र व्यबाहारले त्यसो नगरेको वर्तमानको तितो सत्य हो । ऐन, कानून निति नियमलाई सजिलो र भरपर्दो बनाई जनताको कामलाई सुगम दुगृम सबै क्षेत्रमा सेवा प्रदान गर्नु पर्ने आजको आवश्यकता हो । नजिकको सेवा प्रदायक निकायमा जनतालाई दिने सेवा भन्दा झण्झट बढि भएको महसुसर जनताले गर्नु हुँदैन । निजिमति सेवाको सार्वेपरि लक्ष्य भनेको जनताको सेवा नै हो । राजनितिले पनि निजामति सेवालाई प्रभाव पार्ेको अवस्था छ । नेताले भनेको काम तत्कालै नगरि धर नपाउने र नेताहरुले नचाहेको काम गर्न नदिने प्रचलन व्यापकरुपमा झांगिउको छ यो भनेको देशको लागि दुर्भागय नै हो । निजामति सेवामा राजनितिक गन्ध हुनु नहुने हो तर हाम्रो देशमा पार्टीका भातृ संघ संगठनहरुको बिगबिगी नै छ । राजनितिक गर्ने सस्था र सेवा प्रदायक सस्था एकै भए पछि आफ्नो मान्छेलाई छानेर सेवा दिने कार्य कुनै नौला हुदै हैन । राजनितिमा पहुँच हुनेहरुको लागि जुनसुकै काम गर्न पनि सजिलो हुने र राजनितिमा पहुँच नहुनेहरुको लागि फलामको चिउरा चपाए जस्तै हुन्छ । अत निजमति सेवालाई राजनिकिरण गरिनु हुदेन । राजनितकरणमा निजामिति सेवा फस्ने हो भने देशका आधा जनताले मात्रै पुरै सेवा पाउने र आधा जनताले भोली हुन्छ मेरो काम भनेर दिन बिताउने बाहेक केहि हुँदैन । नेता कर्मचार िदुवै राजनिति गर्ने भयो भने देश र जनता उभो हैन उधोगतितिर लाग्छन् । नेपालको निजामति सेवामामा राजनिकि प्रभाव परेको जनताले प्रत्यक्ष अनुभव गरेका छन् राजनितका पाटी कुन भनेर हेर्ने प्रवितिले निश्पक्ष रुपमा काम गर्ने कर्मचारीहरुको मनोबल गिर्छ र आफ्नै मनोबल गिरेको कर्मचारीले गुणस्तर सेवा प्रदान गर्ने कुरा कल्पना मात्र हुन्छ व्यबाहारमा हुँदैन । जनताको प्रत्यक्ष सरोकार राख्ने निकाय निजामति सेवा विल्कुलै निश्पक्ष र दक्षता हुनु पर्दछ । कसैलाई पनि आफ्नो पराई नठानेर सेवा प्रदान गर्ने नियकाको रुपमा विकास गर्नु पर्दछ । लागि निजामति सेवा जोडिएको हुन्छ । हसमयसापेक्षा आफुलाई परिवर्तन गरि पूराना शैलीलाई सकरात्मक सुधार तथा नयाँ प्रविधिहरुको सहि सदुपयोग गर्दै जनसेवा गर्दै जानु आजको अर्को चुनौति रहेको छ । पछिल्लो समयमा जनताले निजामति सेवालाई बढि झन्झटिलो मानेको पनि पाइन्छ । ढिला सुसस्ती भएको जुन रफतारमा सेवा पाउनु पर्ने हो त्यो रफतारमा आफुहरुले अपेक्षा गरे अनुरुपको सेवा नपाएको जनगुनासो नरहेको हैन । जनताले छिटोछरितो र स्वच्छरुपको सेवा पाउन अपेक्षा गरिरहेका हुन्छन् । सरकारी कार्यालयबाट पाउने सम्पूर्ण सेवालाई छिटोछरितो तवरबाट लिन खोजिरहेका हुन्छन् । आजको युग र प्रविधिले सबै नागरिकले युग अनुसारको सेवा खोज्नु स्वभाविक हो ।