एसिया कप २०२३ अन्तर्गत नेपालले पाकिस्तानविरूद्ध खेलिरहेको छ।
पाकिस्तानको मुल्तानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टिमका कप्तान बाबर आजमले शतक प्रहार गरेका छन्।
उनले १०९ बलमा १० चौका हिर्काएर ४१.२ ओभरमा शतक पूरा गरेका थिए। बाबरको यो १९औं शतक हो।त्यसअघि इफ्तिखर अहमदले अर्धशतक प्रहार गरेका थिए।खेलमा नेपालले पाकिस्तानको चार विकेट लिइसकेको छ।पहिलो पावरप्लेमा नेपालले पाकिस्तानका दुवै ओपनरलाई आउट गर्न सफल भयो।
नेपालका लागि करण केसीले पहिलो सफलता दिलाएका थिए। करणले फखर जमानलाई विकेटकिपर आसिफ शेखको उत्कृष्ट क्याचमार्फत् १४ रनमा आउट गरेका थिए। यस्तै कप्तान रोहितकुमार पौडेलले डाइरेक्ट हिटमार्फत् इमाम उलहकलाई ५ रनमा रनआउट गरेका थिए।
विश्वकै शीर्ष वरीयताको टिमबिरुद्ध नेपालले पहिलो पावर ओभरमा २ विकेट लिँदा ४४ रन खर्चिएको थियो।
नेपालले तेस्रो विकेटको रुपमा मोहमद रिजवानलाई २३.४ ओभरमा ४४ रनमा रनआउट गर्यो। उनलाई दीपेन्द्रसिंह ऐरीले डाइरेक्स हिडमार्फत् रनआउट गरेका थिए।
नेपालका लागि चौथो विकेट सन्दीप लामिछानेले लिए। उनले अघा सलमानलाई ५ रनमा कुशल भुर्तेलबाट क्याच गराए।खेलमा पाकिस्तानले ४२ ओभरमा ४ विकेटको क्षतिमा २२८ रन जोडेको छ।