मेस्सीको गोलमा अर्जेन्टिनाको विजयी सुरुआत

काठमाडौं । कप्तान लियोनल मेस्सीको निर्णायक गोलमा अर्जेन्टिनाले विश्वकप छनोटको पहिलो खेलमा अर्जेन्टिनाले विजयी सुरुआतत गरेको छ ।दक्षिण अमेरिकी छनोट अन्तर्गत शुक्रबार विहान सम्पन्न खेलमा अर्जेन्टिनाले इक्वेडरलाई पराजित गरेको हो ।

अर्जेन्टिनाले ईक्वेडरलाई १-० गोल अन्तरले पराजित गरेको हो । अर्जेन्टिनाको जितमा कप्तान लियोनेल मेस्सीले खेलको ७८ औ मिनेटमा फ्रिकिकमार्फत गोल गरे ।यो जितसँगै अर्जेन्टिनाले ३ अंक बटुलेको छ ।शुक्रबार नै भएको अन्य खेलमा कोलम्बियाले भेनेजुयलालाई पराजित गरेको छ । 

भने, पराग्वे रपेरुले गोल रहित बराबरी खेलेका छन् । छनोटमा दश राष्ट्रको सहभागीता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *