महेन्द्र यादव माथि भएको आक्रमणको विरोधमा तरुण दलको प्रदर्शन

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोधमा सो पार्टी निकट युवा संगठन तरूण दलले प्रदर्शन गरेको छ  । उक्त संगठनले  शुक्रबार रत्नपार्कमा विरोध प्रदर्शन गरेको हो । 

सो संगठनले गणेशमान शान्ति बाटिकाबाट रत्नपार्क, पुतलीसडक, प्रदर्शनी मार्ग, भद्रकाली हुँदै पुनः  शान्ति बाटिका रत्नपार्कसम्म विरोध र्याली आयोजना गरेको थियो । र्यालीपछि आयोजित कोणसभामा तरुण दलका नेताहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन् ।

तरुण दलका पूर्वअध्यक्ष समेत रहेका यादवलाई बिहीबार भृकुटीमण्डपमा नुवाकोटका श्यामबहादुर सापकोटाले खुकुरी प्रहार गरी घाइते बनाएका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *