राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंमा प्रदर्शन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंमा प्रदर्शन गर्ने भएको छ ।

गौ हत्याको विरोधसहित राजतन्त्र पुर्नवहाली, हिन्दुराष्ट्रको माग, संघीयता खारेजीलगायतको माग राखेर काठमाडौंमा प्रदर्शन गर्न लागेको हो ।राप्रपा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार भृकुटीमण्डपमा सो प्रदर्शन गरिने छ । विरोध प्रदर्शन १२ बजेवाट शुरू हुनेछ ।

राप्रपाले गौ हत्या बढेपछि विरोध स्वरूप प्रदर्शन गर्दै आएको छ । सोही क्रममा आज काठमाडौंमा प्रदर्शन गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *