कुशे औँसीमा गाेकर्णेश्वरलगायत तीर्थस्थलमा भक्तजनकाे भिड

काठमाण्डाै – आज कुशे औँसी । बुबाको मुख हेर्ने दिन मनाइँदै छ ।

आज बुबा हुनेले मिठामिठा परिकार बनाएर खुवाउने, लुगाफाटो तथा विविध उपहार दिने चलन छ । बुबा नहुनेले विभिन्न तीर्थस्थलमा गइ तर्पण तथा श्राद्ध गर्ने परम्परा छ । 

आज गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बुबाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भिड लागेकाे छ ।  रसुवा र नुवाकोट सङ्गमस्थल बेत्रावतीमा पनि मेला लागेकाे छ । 

यस्तै, चितवन, नवलपुर र तनहुँको सिमानामा पर्ने त्रिशूली र कालीगण्डकी नदीको सङ्गमस्थल देवघाट वेणीमा पनि पितृको नाममा तर्पण तथा दान गर्न आएका भक्तजनकाे घुइँचाे लागेकाे छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *