काठमाडौं । रामेछापमा अस्पताल निर्माणका लागि दुई दाजुभाइले जग्गादान गरेका छन् । रामेछापको सुनापति गाउँपालिका–२ दिमीपोखरीको गाल्पा बतासे डाँडामा अस्पताल निर्माणका लागि स्थानीय मोहन कुमार तामाङ र शम्भु घिसिङले दुई रोपनी जग्गा उपलब्ध गराउनु भएकाे हाे । गाउँमा अस्पताल नहुँदा आफ्नाे आमाले ज्यान गुमाएपछि अन्यकाे अकालमा ज्यान नजाओस् भनेर जग्गा दान गरेकाे उनीहरुले बताएका छन् ।
स्थानीय डा.दिलबहादुर तामाङले अस्पताल निमार्ण गर्ने योजना अघि सार्नुभएकाे हाे । उनीहरुले कान्छीमाया तामाङ मेमोरियल सामुदायिक अस्पतालको नाममा मालपोत कार्यालय रामेछापमा आएर रजिष्टेसन पास गरेर जग्गा हस्तान्तरण गरेका छन् ।
दुई दाजुभाइले प्रदान गरेको जग्गाको मूल्य अहिलेको बजार भाउअनुसार झन्डै ५० लाख रुपैयाँ पर्ने मालपोत कार्यालय रामेछापले जनाएको छ