यू-१९ च्याम्पियनसिपको तयारी पूरा

काठमाडौं । बिहीबारदेखि काठमाडौंको दशरथ रंगशालमा सुरु हुने साफ यू-१९ च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको छ ।अखिल नेपाल फुटबल संघ एन्फाले मंगलबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिपको तयारी पूरा भएको जनाएको हो ।

आयोजक नेपाल, पाकिस्तान र माल्दिभ्स समूह ए छन् भने साविक विजेता भारत, साविक उपविजेता बंगलादेश र भुटान समूह बी मा छन् । दुवै समूहबाट शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् ।

गत वर्ष भारतको भुवनेश्वरमा भएको च्याम्पियनसिपमा पाकिस्तान र भुटान बाहेक ५ टिम सहभागी थिए र सिंगल राउण्ड रोविनको आधारमा प्रतिस्पर्धा भएको थियो ।

यस पटक पाकिस्तान र भुटान च्याम्पियनसिपमा सहभागी छन् भने श्रीलंका सहभागी छैन ।

च्याम्पियनसिपको यो पाँचौ संस्करण हो । सन् २०१५ मा नेपालबाटै सुरु भएको यस च्याम्पियनसिपमा नेपाल र भारतले समान दुई पटक उपाधि जितेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *