माओवादी सरसफाइ अभियानमा :

काठमाडौँ । जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत सोमबार राजधानीको बालाजु बाइसधारामा माओवादीले सरसफाइ अभियान चलाएको छ । माओवादी स्थायी समिति सदस्य अमृता थापा मगरको नेतृत्व तथा केन्द्रीय सदस्य जन्मदेव जैसीको संयोजनमा बाइसधाराको पार्क र माथिल्लो पिकनिक स्पट एरियामा करिब ३ घण्टा सरसफाइ अभियान गरिएको हो । 

सो क्रममा थापामगरले जनतासँग रूपान्तरण हुनु भनेको जनताका समस्या र सरोकारका विषयमा जोडिएर मात्र सम्भव हुने बताइन् । 

केन्द्रीय सदस्य जैसीले जनसरोकारका विषय उठाएर मात्र रूपान्तरण सम्भव भएकाले जनताका पिर मर्का र मुद्दाका लागि संघर्षशील हुनु नै वास्तविक रूपान्तरण हुने बताए । “जनताले माओवादी विग्रेपनि फेरि सच्चिन्छौँ भनेर आएपछि हामीले साथ दिनुपर्छ भनेका छन् तर हामी जनभावना अनुसार रूपान्तरण हुनै पर्छ पटक पटक जनताले विश्वास गर्दैनन् यसपल्टको अभियानबाट हामी सच्चिन्छौँ भन्नेमा व्यवहारबाटै विश्वस्त पार्नु हाम्रो कर्तव्य हो,” जैसीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *