पछिल्लो समय चर्चामा रहेकी गायिका एलिना चौहान र गायक रामकुमार नेपालीको सुमधुर स्वरमा सजिएको ‘कस्तो मुन्छे तिमी त’ गीत सार्वजनिक भएको छ । साथै उक्त गीतको भिडियो पनि एकसाथ आएको छ । लोक शैलीमा तयार भएको गीतमा रामचन्द्र बोगटीको शब्द तथा संगीत रहेको छ । गीतमा भने नेपाली मौलिकता झल्कने शब्दहरु रहेका छन् ।

गीतमा माया प्रेम कुरालाई समेटिएको छ । अर्कोतर्फ भिडियो पनि आकर्षक बनेको छ । भिडियोमा शिक्षिका तथा आधुनिकतामा रमाउने विद्यार्थी बीचको प्रेम प्रसंग देखाउन खोजिएको छ । जसमा मोडल उषा उप्रेतीले शिक्षिका र सुधीर श्रेष्ठले विद्यार्थीको भूमिका निर्वाह गरेका छन् । त्यसैगरी गीतको संगीत संयोजन सञ्जय श्रीपालले गरेका हुन् भने भिडियोका निर्देशक निशान बानियाँ रहेका छन् ।