शीतल शर्मा ‘मेरो भ्वाइस कप युएसए सिजन २’को उत्कृष्ट दशमा

काठमाडौं । गायिका शीतल शर्मा गायन रियालिटी शो ‘मेरो भ्वाइस कप युएसए सिजन २’ को उत्कृष्ट दशमा प्रवेश गरेकी मा पुगेकी छिन् ।ग्यालेक्सी फोर के टेलिभिजनबाट हरेक शुक्रबार र शनिबार प्रसारण भइरहेको शोमा उनी टप १० मा पुगेकी हुन् । उनले आफूलाई उक्त उपाधीको विजेता बनाउन अपिल गरेकी छिन् ।

इन्ट्रा फाउन्डेशन एप डाउनलोड गरी मेरो भ्वाइस कप सिजन टु मा गएर उनलाई भोट दिन सकिनेछ । अमेरिका बस्दै आएकी शर्मा उक्त शो का लागि जुन ६ मा नेपाल आएकी हुन् । इन्ट्रा फाउन्डेसन र नेपाल च्याप्टरको आयोजनामा अमेरिकाबाट १२ प्रतिष्पर्धी नेपाल आएका थिए ।
उनी विगत लामो समयदेखि संगीत क्षेत्रमा क्रियाशील छिन् । यसअघि केही गीत गाइसकेकी उनी विशेषगरी अमेरिकामा हुने सांगीतिक कार्यक्रमहरुमा प्रस्तुती दिने गर्छिन् । शो को फाइनल भने अमेरिकामा हुनेछ । त्यसका लागि शर्मा अगस्टमा अमेरिका फर्कने कार्यक्रम रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *