spot_img
घरविश्व समाचारएसियाचिनियाँ तीन पाङ्ग्रे सवारी साधनको माग विश्वभर

चिनियाँ तीन पाङ्ग्रे सवारी साधनको माग विश्वभर

- Advertisement -spot_img

एजेन्सी । चीनमा निर्माण भएका तीन पाङ्ग्रे सवारीसाधनको माग विश्वभर बढेको पाइएको छ । ‘मेड इन चाइना’ लेखिएका त्यस्ता साधन निर्यातले चीनको अर्थतन्त्रमा समेत ठूलो प्रभाव पारेको चिनियाँ समाचार एजेन्सी सीसीटिभीप्लसले जनाएको छ ।
मध्य चीनको हेनान प्रान्तको लुओयाङ सहरमा १५ वटा तीन पाङ्ग्रे र दुई सयभन्दा बढी तीन पाङ्ग्रे सवारीका पार्टपुर्जा उत्पादकहरू छन् । उत्पादक कम्पनीहरु बढ्नु भनेको निर्यातमा बृद्धि भएको अनुमान पनि गरिएको छ ।
उत्पादक कम्पनीहरुका अनुसार तीन पाङ्ग्रेले दक्षिणपूर्व एसियामा स्थानीय पर्यटनको विकासमा सहयोग पुर्याउन दर्शनीय स्थलहरूका लागि प्रयोग गरिन्छ, अफ्रिकामा कार्गो ढुवानीका लागि प्रयोग गरिन्छ भने युरोपेली र अमेरिकी देशहरूमा खेत र तुलनात्मक रूपमा साँघुरो सडकहरूमा प्रयोग गरिने गरेको छ ।
तीन पाङ्ग्रे सवारी साधनबारे भन्सारको तथ्याङ्क अनुसार गत वर्षको पहिलो ११ महिनामा मेकानिकल तथा विद्युतीय वस्तुको निर्यात १.८ ट्रिलियन अमेरिकी डलर पुगेको छ । यो अघिल्लो बर्षको तुलनामा ८ प्रतिशतले बढेको हो । तीन पाङ्ग्रे सवारी चीनको कुल निर्यातको झण्डै ६० प्रतिशत हिस्सा ओगटेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्