spot_img
घरराष्ट्रिय समाचारप्रथम अन्तरविद्यालय डजबल प्रतियोगिता २०८२ सम्पन्न

प्रथम अन्तरविद्यालय डजबल प्रतियोगिता २०८२ सम्पन्न

- Advertisement -spot_img

काठमाडौँ जिल्ला डलबल संघको आयोजना तथा बुढानिलकण्ठ नगरपालिकाको सहयोगमा सञ्चालित प्रथम अन्तरविद्यालय डजबल प्रतियोगिता २०८२ सम्पन्न भएको छ । केही समय अघि बुढानिलकण्ठ नगरपालिकाको वडा नं. १० लाई लक्षित गरी सञ्चालन गरिएको साताव्यापी विद्यालय स्तरीय डजबल प्रशिक्षण कार्यक्रम हुँदै दुई दिने प्रतियोगिताको आयोजना गरिएको हो ।
जसअन्तर्गत कपन बालुवाखानीस्थित प्रतियोगिताको भेन्यू पार्टनर श्रेष्ठ फुटसलमा यही
असार ६ गते बुढानिलकण्ठ नगरपालिका वडा नं. १० का वडाध्यक्ष एवम् नगर प्रवक्ता नवराज भट्टराईले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो भने असार ९ को समापन कार्यक्रमको प्रमुख अतिथिका रुपमा काठमाण्डौ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भाइकृष्ण बलामीले विजयी टिम तथा खेलाडीहरुलाई पुरस्कृत गर्नुभयो ।


ब्वाइजको विधामा कुल ९ वटा टिमहरुको सहभागिता रहेकोमा विभूति प्रज्ञा निकेतन प्रथम भयो भने फेरिल्याण्ड इन्टरनेशनल स्कूल दोस्रो भयो । मोक्षदा स्कूल भने तेस्रो स्थान प्राप्त गर्न सफल भयो । त्यसैगरी गल्र्सको विधामा १० वटा टिम रहेकोमा आइ.जोसेफ स्कूल प्रथम हुँदा जुगल नवगुरुकुल दोस्रो भयो । सोही विधामा मोक्षदा स्कूल तेस्रो भयो ।
आयोजकका अनुुसार प्रतियोगितामा विशेष सहयोग गर्ने संस्थाहरुमा पिक ग्रुप अफ स्टडिज, इलाईट न्यूज, क्याफे नाइन्टिएट, प्ले फिट, एस्.आर.पेट हाउस एण्ड एक्वा, ज्ञानकुञ्ज पाठशाला लगायत रहेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्