spot_img
घरविश्व समाचारयुरोपजर्मनीको क्रिसमस मार्केटमा कारले ठक्कर दिंदा पाँचको मृत्यु, दुईसय जना घाइते

जर्मनीको क्रिसमस मार्केटमा कारले ठक्कर दिंदा पाँचको मृत्यु, दुईसय जना घाइते

- Advertisement -spot_img

एजेन्सी । जर्मनीको क्रिसमस मार्केटमा तीव्र गतिको कारले ठक्कर दिँदा पाँच जनाको मृत्यु भएको छ । दुई सय जना घाइते भएका छन्।
जर्मनीको म्याग्डेबर्ग क्षेत्रमा रहेका पसलहरूबीचको साँघुरो गल्लीमा कार तीव्र गतिमा गुडिरहेको र धेरै जनालाई ठक्कर दिएको सीसीटीभीप्लसले जनाएको छ ।
शनिबार राति उक्त स्थानमा मृतकको सम्झनामा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको छ ।
घट्नाका विषयमा स्थानीयले नियोजित भनेका छन् । आक्रमण जानाजानी भएको हुनसक्ने आशंका गरिएको छ । केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ ।
घट्नापछि जर्मनीभर क्रिसमस बजारहरूमा सुरक्षा बढाइएको छ । म्याग्डेबर्ग शहरका अधिकारीहरूले ‘म्याग्डेबर्गमा क्रिसमस सकियो’ भनेका छन् ।
घटना १६ डिसेम्बर २०१९ मा भएको दुखद आक्रमणको प्रतिध्वनिका रुपमा लिइएको छ । त्यसबेला एक आतंकवादीले बर्लिनको क्रिसमस बजारमा ट्रकले हानेको थियो, जसमा १२ जनाको मृत्यु भएको र ७० भन्दा बढी घाइते भएका थिए । अपराधी भागेर इटाली पुगेका थिए, जहाँ उनलाई प्रहरीले गोली हानेर मारेको थियो।(सीसीटीभीप्लस)

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्