spot_img
घरराष्ट्रिय समाचारकाठमाडौं महानगरपालिकाले ‘काठमाडौं शैक्षिक मेला’ गर्ने

काठमाडौं महानगरपालिकाले ‘काठमाडौं शैक्षिक मेला’ गर्ने

- Advertisement -spot_img

काठमाडौं महानगरपालिकाले ‘काठमाडौं शैक्षिक मेला २०८१’ आयोजना गर्ने भएको छ ।
बिहीबार पत्रकार सम्मेलनको आयोजनागरी प्रवक्ता नविन मानन्धरले प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा फागुन १६ र १७ गते ‘काठमाडौं शैक्षिक मेला २०८१’ आयोजना गर्न लागिएको जानकारी दिएका हुन् ।
उनले विद्यार्थीहरुमा परेको प्रभाव, यसबाट उनीहरुले सिकेका ज्ञान र सिपहरुको प्रस्तुति तथा प्रदर्शनीका लागि मेला आयोजना गर्न लागेको पनि जानकारी दिए ।


उनले भने,‘कार्यक्रमहरुबाट विद्यार्थीहरुमा परेको प्रभाव, यसबाट उनीहरुले सिकेका ज्ञान र सिपहरुको प्रस्तुति
तथा प्रदर्शनीका लागि मेला आयोजना गर्न लागिएको हो। कार्यक्रम सञ्चालन तथा व्यवस्थापनमा सहभागी विद्यालय र संघसंस्थाहरुसंग सहकार्य हुनेछ । विद्यालय शिक्षाको नवप्रवर्तन तथा स्तरोन्नतिका लागि मेलाले कोशेढुङ्गा स्थापित गर्ने, आगामी कार्यक्रमका लागि आयामिक पृष्ठपोषण प्रदान गर्ने अपेक्षा लिइएको छ ।’
उनका अनुसार शैक्षिक गुणस्तर सुधारसँगै बालबालिकाको शैक्षिक, शारीरिक, मानसिक, चारित्रिक विकास, विद्यालयको पूर्वाधार, शिक्षकहरुको क्षमता विकासलगायतका कार्यक्रमको विम्ब मेलामा समेटिने छन् ।
प्रदर्शनी तथा प्रस्तुतिमा विद्यार्थीहरुले नविनतम सिकाइ गतिविधि प्रदर्शन गर्नेछन् । बुक फ्री फ्राइडेअन्तर्गतका ३५ वटा शैक्षिक उपसमूहका स्टलमार्फत रुचि र नतिजा प्रदर्शन गर्नेछन् ।
मेलामा नेपाल भाषा, मौलिक संस्कृति, भेषभूषा झल्काउने प्रदर्शनी, मौलिक बादन तथा गायन प्रस्तुति समावेश गरिने प्रवक्ता मानन्धरले जानकारी दिए

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्