लण्डन । बेलायतमा मगर संघ युकले हरेक वर्ष आयोजना गर्दै आएको नेपाली ओपन कन्सर्ट २०२५ को तयारी तीव्र रुपमा अघि बढिरहेको छु।
आगामी १४ जुन २०२५, शनिबार का दिन फार्नबोरोस्थित रग्बी क्लबमा उक्त कार्यक्रम हुने भएको हो।
कन्सर्टको प्रमुख आकर्षणमा लोकप्रिय गायक खेम सेन्चुरी,चर्चित गायिका अन्जु पन्त र विजय ठाडा मगरले विशेष प्रस्तुति दिने निश्चित भएको छ।
मगर संघ युकेका अध्यक्ष लाल बहादुर (लालु) पुन मगरले लण्डन नेपाल न्यूज संग बोल्दै कलाकारहरूको भिसा प्रक्रिया सकिएको र उनीहरूले पासपोर्ट भिसा सेन्टरबाट कलेक्सन गरिसकेको बताए।
यसैगरी कार्यक्रममा मगर गट ट्यालेन्ट २०२२ का विजेता डान्सर तथा मोडल मिलन थापा मगर र २०२४ का विजेता डायमण्ड र मन्सन सरु मगरले पनि विशेष प्रस्तुति दिनेछन्। कन्सर्ट प्रमुख संयोजक एवम् संघका उपाध्यक्ष रुद्र थापा मगरले कार्यक्रमको तयारी व्यापक भइरहेको बताए छन् । संयोजक थापाका अनुशार कन्सर्टको गेट बिहान ११ बजेदेखि खुल्नेछ। कार्यक्रमको टिकट मूल्य वर्ग अनुसार फरक राखिएको छ।१२ देखि १७ वर्षसम्मका बालबालिका र ६७ वर्ष नाघेका ज्येष्ठ नागरिकका लागि अग्रिम टिकट £२०, त्यसै दिन गेटमा £२५, बयस्कका लागि अग्रिम टिकट £२५ र गेटमा £३० तोकिएको छ।टिकट अनलाइनमार्फत पनि खरिद गर्न व्यवस्था गरिएको छ।
नेपाली समुदायलाई लक्षित गरी आयोजना गरिने यस प्रकारको कार्यक्रम बेलायतमा सांस्कृतिक सम्बद्धता सुदृढ गर्न सहयोग पुर्याउने विश्वास गरिएको छ।कन्सर्टस्थलमा नेपाली खाना र सामग्रीहरु लगायत विभिन्न व्यापारिक स्टल तथा बालबालिकाका लागि खेल समेत रहने छन् ।