spot_img
घरविश्व समाचारएसियायुक्रेनमा रुसको भीषण आक्रमण, एकैदिन प्रहार गर्‍यो ९३ मिसाइल र २०० ड्रोन

युक्रेनमा रुसको भीषण आक्रमण, एकैदिन प्रहार गर्‍यो ९३ मिसाइल र २०० ड्रोन

- Advertisement -spot_img

रुसले युक्रेनमा दर्जनौँ मिसाइल आक्रमण गरेको छ । रुसले शुक्रबारमात्र युक्रेनमा ९३ वटा मिसाइल र २०० ड्रोन प्रहार गरेको हो ।

युक्रेनको पावर ग्रिड र ग्यास पूर्वाधारलाई लक्षित गरेर रुसले आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

आक्रमणपछि युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध कारबाही गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेका छन् । उनले शुक्रबारको आक्रमणलाई युक्रेनको ऊर्जा क्षेत्रमा रुसले तीन वर्षमा गरेको सबैभन्दा ठूलो हमला भएको बताएको समाचार एजेन्सी एपीले जनाएको छ ।

युक्रेनी वायुसेनाका अनुसार, रुसले आक्रमणमा धेरै क्रुज मिसाइल र ब्यालिस्टिक किन्जेल मिसाइल प्रयोग गरेको थियो ।

किभस्थित अमेरिकी दूतावासका अनुसार, पछिल्लो आक्रमणमा युक्रेनको धेरै यातायात सञ्जालमा क्षति पुगेको छ । त्यसमध्ये निजी ऊर्जा कम्पनीको थर्मल पावर प्लान्टमा नराम्ररी क्षति पुगेको छ ।

राष्ट्रपति जेलेन्स्कीले युक्रेनको सेनाले रुसले हावामा प्रहार गरेका ८१ वटा मिसाइललाई नष्ट गरेको बताएका छन् । जसमा ११ क्रुज मिसाइल छन् । जेलेन्स्कीले रुसी मिसाइललाई अमेरिकी एफ–१६ लडाकु विमानले रोकेर नष्ट गरेको बताएका छन् ।

दी इकोनोमिक टाइम्सबाट ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्