नेपालमा पहिलो पटक ह्विलचियर टेनिस प्रतियागिता सम्पन्न भएको छ ।
नेपाल ह्विलचियर टेनिस संघको आयोजनामा भएको प्रतियोगिताको पुरुषमा प्रथम रामबहादुर तामाङले १५ हजार, दोसो सागर पाण्डेले १० हजार र तेस्रो खुम पाण्डेले पाँच हजार रुपियाँसहित ट्रफी हात पारे ।
त्यसैगरी महिलातर्फ प्रथम अनुकला राईले १५ हजार, दोश्रो गंगा छन्त्यालले १० हजार र तेश्रो झरना रानाले पाँच हजारसहित ट्रफी प्राप्त गरिन्।
विजेतालाई बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य रामचन्द्र श्रेष्ठलगायतले सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच पुरस्कृत गरे । अर्कोतर्फ़ ह्विलचियर टेनिस संघका अध्यक्ष विकास थापाले अब हुने राष्ट्रिय पारा गेम सुर्खेत मै हुने जानकारी दिनुभयो ।


