spot_img
घरविश्व समाचारअष्ट्रेलियाअस्ट्रेलियाविरुद्धको दोस्रो खेलमा पाकिस्तानको सहज जित 

अस्ट्रेलियाविरुद्धको दोस्रो खेलमा पाकिस्तानको सहज जित 

- Advertisement -spot_img

दोस्रो खेलमा नौ विकेटको जित निकाल्दै पाकिस्तानले अस्ट्रेलियाविरुद्धको एकदिवसीय शृंखलामा १–१ को बराबरी गरेको छ । शुक्रबार एडलेडमा भएको दोस्रो खेलमा घरेलु टिमले प्रस्तुत गरेको १६४ रनको लक्ष्य पाकिस्तानले २६.३ ओभरमा एक विकेट गुमाएर भेटायो । 

पाकिस्तानको जितमा सैम अयुबले ८२ रन बनाए । ओपनर अयुवले ७१ बलमा पाँच चौका र ६ छक्का प्रहार गरे । उनले पहिलो विकेटका निम्ति अर्का ओपनर अब्दुल्लाह सफिकसँग १३७ रनको साझेदारी गर्दै पाकिस्तानलाई सहज जितउन्मुख गराएका थिए ।सफिकले ६९ बलमा चार चौका र तीन छक्कासहित ६४ रन बनाए । बाबर आजम १५ रनमा अविजित रहे । अस्ट्रेलियाका एडम जाम्पाले एक विकेट हात पारे ।
काठमाडौं । दोस्रो खेलमा नौ विकेटको जित निकाल्दै पाकिस्तानले अस्ट्रेलियाविरुद्धको एकदिवसीय शृंखलामा १–१ को बराबरी गरेको छ । शुक्रबार एडलेडमा भएको दोस्रो खेलमा घरेलु टिमले प्रस्तुत गरेको १६४ रनको लक्ष्य पाकिस्तानले २६.३ ओभरमा एक विकेट गुमाएर भेटायो ।

पाकिस्तानको जितमा सैम अयुबले ८२ रन बनाए । ओपनर अयुवले ७१ बलमा पाँच चौका र ६ छक्का प्रहार गरे । उनले पहिलो विकेटका निम्ति अर्का ओपनर अब्दुल्लाह सफिकसँग १३७ रनको साझेदारी गर्दै पाकिस्तानलाई सहज जितउन्मुख गराएका थिए । सफिकले ६९ बलमा चार चौका र तीन छक्कासहित ६४ रन बनाए । बाबर आजम १५ रनमा अविजित रहे ।अस्ट्रेलियाका एडम जाम्पाले एक विकेट हात पारे ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको अस्ट्रेलियाले ३५ ओभरमा सबै विकेट गुमाएर १६३ रन बनाएको थियो । अस्ट्रेलियाका स्टिभ स्मिथले ३५ रन बनाए । म्याथ्यु सर्टले १९ रन थप्दा एडम जाम्पा र जस इंग्लिसले समान १८ रन जोडे । ग्लेन म्याक्सवेलले १६ र आरोन हार्डीले १४ रन बनाए । अस्ट्रेलियालाई सस्तैमा समेट्न ह्यारिस रौफले पाँच विकेट लिए । आठ ओभर बलिङ गरेका रौफले २९ रन खर्चिए । साहिन साह अफ्रिदीले तीन विकेट लिँदा नसिम साह र मोहम्मद हसनैनले समान एक विकेट हात पारे ।

जितसँगै तीन खेलको शृंखलामा पाकिस्तानले १–१ को बराबरी गरेको हो । यसअघि, पहिलो खेलमा अस्ट्रेलियाले दुई विकेटको जित निकालेको थियो । यी दुई टिमबीचको तेस्रो तथा अन्तिम एकदिवसीय खेल आइतबार हुने तालिका छ । एकदिवसीय शृंखलापछि यी दुई टिमबीच तीन खेलको ट्वान्टी–२० शृंखला हुनेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्