दक्षिणी लेबनानमा इजरायली हवाई हमलामा तीन पत्रकारको ज्यान गएको छ ।
हसबायाको एउटा होटेलमा आक्रमण हुँदा पत्रकार मारिएका हुन् । जहाँ सातवटा विभिन्न मिडिया आउटलेटका १८ पत्रकार बसिरहेका थिए ।
मारिनेहरूमध्ये दुईजना अल–मायादीन टीभीका थिए भने एकजना हिज्बुल्लाहद्वारा सञ्चालित अल–मनार टीभीका क्यामेराम्यान थिए ।