spot_img
घरविश्व समाचारउत्तर अमेरिकायुक्रेनको जोड शान्तिमा हुनुपर्छ, भूगोलमा होइन : ट्रम्पका सहयोगी

युक्रेनको जोड शान्तिमा हुनुपर्छ, भूगोलमा होइन : ट्रम्पका सहयोगी

- Advertisement -spot_img

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पको आगामी प्रशासनले युक्रेनलाई रुसले कब्जा गरेको भूभाग फिर्ता लिनभन्दा पनि देशमा शान्ति स्थापना गर्न सघाउने ट्रम्पका एक पूर्व सल्लाहकारले भनेका छन् ।

ट्रम्पको पछिल्लो चुनावी अभियानमा काम गरेका ब्रायन लान्जाले भने । ट्रम्पको आगामी प्रशासनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई शान्तिको वास्तविक भिजनबारे उनको धारणा सोधिने उनले बताए ।

जेलेन्स्की वार्ताको टेबलसम्म आए भने शान्ति मात्रै हुने र क्रिमियाका कुरा उठाए भने उनी गम्भीर छैनन् भन्ने बुझिने पनि उनले बताए । क्रिमिया युक्रेनको हातबाट फुत्किसकेको र यो फर्केर नआउने पनि उनले बताए । ट्रम्पका एक प्रवक्ताले भने लान्जाले बोलेको कुरा उनको निजी राय भएको र यो ट्रम्पको बोली नभएको बताएका छन् ।

रुसले सन् २०१४ मा क्रिमियालाई अलग्याएको थियो । ८ वर्षपछि यसले युक्रेनमाथि पूर्ण स्तरको हमला गर्‍यो र पूर्वी युक्रेनको केही भूभाग आफ्नो कब्जामा लिएको छ । ट्रम्पले आफ्नो प्राथमिकता युद्ध अन्त्य गर्ने भएको बताइरहेका छन् । तर युद्ध कसरी अन्त्य गर्ने भन्नेबारे उनको ठोस योजना आइसकेको छैन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्