spot_img
घरविचारकात्तिकमा ५ फिल्म : गन्धर्वको कथादेखि हरर कमेडीसम्म

कात्तिकमा ५ फिल्म : गन्धर्वको कथादेखि हरर कमेडीसम्म

- Advertisement -spot_img

असोजमा फिल्म ‘सानो संसार’, ‘खुस्मा’, ‘आँखा’, ‘बेहुली फ्रम मेघौली’, ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ रिलिज भएका थिए । यीमध्ये ‘खुस्मा’, ‘बेहुली फ्रम मेघौली’, ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ले बक्सअफिस  चलायमान बनाए ।

बक्सअफिस चलायमान बनाउनेमा सबैभन्दा अगाडि ‘छक्का पञ्जा ५’ रह्यो भने ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ले पनि राम्रै व्यवसाय गरे । यी तीन फिल्म अहिले पनि प्रदर्शन भइरहेका छन् ।

‘खुस्मा’, ‘बेहुली फ्रम मेघौली’ले पनि लगानी सुरक्षित गर्न सफल भएको दाबी गरिएको छ । तर कति कमाए भन्ने सार्वजनिक गरिएको छैन ।

निर्माताहरुका अनुसार हिन्दु धर्मावलम्बीको दोस्रो ठुलो चाड तिहार रहेको कात्तिकमा भने ५ फिल्म रिलिजको तयारीमा छन् । कात्तिकमा ‘सानो संसार’, ‘पूर्णबहादुरको सारङ्गी’, ‘फिरफिरे फिरिरी’, ‘केटी हराएको सूचना’ र ‘ह्रस्व दीर्घ’ प्रदर्शन हुँदैछन् । यीमध्ये ‘सानो संसार’ आगामी शुक्रबार अर्थात् कात्तिक ९ गते, ‘पूर्णबहादुरको सारङ्गी’ लक्ष्मीपूजाको अवसर पारेर १५ गते, ‘फिरफिरे फिरिरी’ २२ गते, ‘केटी हराएको सूचना’ र ‘ह्रस्व दीर्घ’ ३० गते रिलिज हुने तयारीमा छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्