spot_img
घरराष्ट्रिय समाचारकाया यू-१६ कप सेभेन-ए-साइड हुने

काया यू-१६ कप सेभेन-ए-साइड हुने

- Advertisement -spot_img

मंसिर तेस्रो साताबाट काया यू-१६ कप सेभेन-ए-साइड फुटबल प्रतियोगिता हुने भएको छ ।

काया स्पोर्ट्सको आयोजनामा नेपाली फुटबलको विकास ग्रासरुट देखिनै गर्नुपर्छ भन्ने संकल्पका साथ काया स्पोर्ट्सले मंसिर १७ देखि २० सम्म यू-१६ काया कप हुन लागेको हो । संस्थाको ‘कायापलट’ कार्यक्रम अन्तर्गत यो पहिलो प्रतियोगिता रहेको आयोजकले जनाएको छ । ३२ विद्यालय सहभागी रहने यस प्रतियोगिता लिग कम नकआउटको आधारमा संचालन हुने आयोजकले एक पत्रकार सम्मेलनमाझ जानकारी दिएको छ ।
खेलाडीहरुलाई धेरै भन्दा धेरै प्रतिस्पर्धा गर्ने अवसर मिलोस भन्ने लक्ष्यका साथ प्रतियोगिताका हरेक टोलीले कम्तिमा ३ खेल खेल्न पाउने समीकरण रहेको छ । टिम दर्ता शूल्क १५ हजार रुपैयाँ रहेकोमा हालसम्म १६ टोली दर्ता भइसकेको काया स्पोर्ट्सका संस्थापक पविन कार्कीले जानकारी दिए ।

काठमाडौंको बाँसबारीस्थित चौर रिक्रिएसन सेन्टरमा हुने प्रतियोगिता ७-ए-साइड मैदानमा हुनेछ । सहभागी ३२ टोलीलाई ८ समूहमा विभाजन गरिनेछ । हरेक समूहका शीर्ष २ टोलीले अन्तिम १६ मा स्थान बनाउनेछन् । मंसिर १७ र १८ गते समूह चरणका खेल हुँदा मंसिर २० गते भने प्रतियोगिताको नकआउट चरणको खेल हुनेछ ।

सहभागी खेलाडी र विद्यालयबीच आपसी भाइचारालाई प्रोत्साहन गर्न आयोजकले मंसिर २२ गते गाला डिनरसहित प्रतियोगिताको समापन समारोह गर्ने तयारी आयोजकको छ । यसबाहेक खेलाडीहरुको हौसला अभिवृद्धिका लागि विभिन्न कार्यक्रम गर्ने योजना रहेको सह-आयोजक पाना नेपालका विकल्प खरेलले जानकारी दिए ।

कायाले प्रतियोगिता आयोजनासँगै सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने सोचका साथ नेपाली महिला भलिबलमा बेग्लै पहिचान बनाएको न्यू डायमन्ड युथ स्पोर्ट्स क्लबलाई पनि सहयोग गर्ने बताएको छ । खेलकुदले समाजमा सकारात्मक प्रभाव पार्ने हुनाले हामीले फुटबल प्रतियोगिता आयोजना गर्न लागेपनि न्यू डायमन्डले नेपाली खेलकुदमा उदाहरणीय कार्य गरिरहेकोले प्रोत्साहन गर्ने निर्णय लिएको कार्कीले बताए ।

कार्कीले यस प्रतियोगिता मात्र नभएर संस्थाको कायापलट कार्यक्रमका अन्य इभेन्टमा पनि न्यू डायमन्डको सहयोगार्थ केही गर्ने योजना रहेको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्