
कोशीप्रदेशसभाको बजेट अधिवेशनआजबाट सुरु हुँदै, यस्ता छन् प्राथमिकता
विराटनगर । कोशीप्रदेशसभाको सातौँ तथा बर्खे अधिवेशनआजआइतबारबाट सुरु हुँदै छ । प्रदेशसभाभवनविराटनगरमा दिउँसो २ बजे बस्ने बैठकको तयारी पूरा भएको कार्यवाहक सचिवगौतमराजअमात्यले जानकारी दिएका छन् ।
बजेट अधिवेशन समेत भनिने यो अधिवेशनको पहिलो बैठकमा प्रदेश प्रमुख परशुरामखापुङको कार्यालयबाट प्राप्तअधिवेशनआह्वानसम्बन्धीपत्र सभामा प्रस्तुत गरिनेछ । बैठकमा विभिन्न राजनीतिकदलका प्रतिनिधिहरूले आफ्ना धारणा राख्नेछन् । बैठकमाप्रदेश सरकारले ल्याएको ‘प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८२’ पनि टेबुल गरिने तयारी छ ।
कोशीप्रदेशका आन्तरिक मामिलातथा कानुनमन्त्री रेवती रमणभण्डारीका अनुसार आगामीआर्थिक वर्षमा सरकारको पर्यटन वर्ष तथा लगानी सम्मेलनलाई केन्द्रमा राखेर नीति कार्यक्रम र बजेट प्रस्तुत हुने तयारी रहेको छ । ‘पर्यटन वर्षलाई प्राथमिकतामा राख्ने नै भयौँ । त्यसका साथै निजीलगानीलाई समेत आकर्षित गर्ने कार्यक्रमपनि समावेश गर्नुपर्ने हुन्छ ।’ उनले भने ।
प्रदेश सरकारले आफ्नो क्षमताअनुसारका बहुवर्षिय योजना सञ्चालन गर्नुका साथै, कृषि क्षेत्रको व्यवसायीकरणको कार्यक्रमलाई समेत प्राथमिकीकरण गर्ने उनको भनाई छ । उनले थपे,‘भौतिक विकास र औद्योगिक विकासका सन्दर्भमा पनि नीति कार्यक्रममा प्राथमिकतामा पर्ने कुरालाई हामीछलफलका साथ प्रस्तुतगर्छौँ ।’
नीति र कार्यक्रम पछि खासगरी प्रदेशको प्रजेट असार १ गते प्रदेश सभामा पेस गरिन्छ । हाल कोशीप्रदेशमा नेकपा (एमाले) को नेतृत्वमा सरकार रहेको छ भने सरकारमा नेपाली काङ्ग्रेससमेत सहभागी छ ।