
मानिसहरू सहर पसेपछिगाउँखालिहुँदै जाँदात्यसको प्रभाव सांस्कृतिक सम्पदाहरूमापनि पर्न लागेको छ ।
गाउँमामानिसहरू बस्न छाडेपछि पुराना सांस्कृतिक र ऐतिहासिक सम्पदाहरू संरक्षणको अभावमाढल्न र नष्टहुनलागेका छन् । ती सम्पदाहरूको संरक्षणमाध्याननदिने हो भने केही समयमा नै नष्टभएर जाने अवस्थासिर्जना भएको छ ।
गाउँमामानिसहरू बस्न छाडेपछिबौद्ध धर्मालम्बिले आफन्तहरूको स्मरणमाबनाएका पुरानामानेहरू (छ्योर्तेन) नष्टहुनलागेका सुनापतिगाउँपालिका–४ बेथानका राजकुमार मैनालीबताउँछन् । वर्षौँ पुराना यस्ता धार्मिक तथा सांस्कृतिक संरचनाहरू अहिले खण्डहरमा परिणतभएकाउनले बताए । ‘गाउँमा संरक्षण गर्ने मान्छे छैनन्, युवाजति सबै सहर र विदेशमाछन्, गाउँमाभएकाबुढापाकाले काम गर्न सक्दैनन्, त्यसैले प्राचीन सम्पदाहरूको संरक्षणहुनछाडेको छ’, उनले भने ।
सुनापतिगाउँपालिका–४ भ्वासामा रहेका यस्ता पुरानामानेहरू ढल्ने अवस्थामापुगेका मैनालीले जानकारी दिए । ‘ती संरचना १ सय ५० वर्ष भन्दापनिअगाडिहुन्, संरक्षणहुननसक्दाखण्डहर भएकाछन्, कुनै पनि बेलामाटोमा बिलाउने अवस्थाछ’, उनले भने ।
सुनापति–४ बेथानकाअम्मरध्जतामाङ यस्ता प्राचीनधार्मिक र सांस्कृतिक सम्पदा जोगाउने कुरा चुनौतीपूर्ण बन्दै गएको बताउँछन् । ‘ती सम्पदाबनाउनेका सन्तानहरू गाउँछाडेर हिँडे, गाउँमा बस्नेले त्यसको संरक्षण गर्न सक्ने अवस्था छैन, यस्ता संस्कृति र सम्पदा स्थानीय सरकारले संरक्षणनगर्ने हो भने सबै नष्टहुन्छन्, इतिहास नै मरेर जान्छ’, उनेले भने ।
बेथाको मात्रहोइनजिल्लाभरिकै अवस्था यस्तै छ । अहिले यस्तै प्राचीनऐतिहासिकमाने, छ्योर्तेनहरु, मन्दिर, धारा, चौतारा, पँधेराहरू संरक्षणको पर्खाइमाछन् ।

संरक्षणनहुँदा नेपाली परम्पराको पहिचानदिने ती सम्पदाहरू बिस्तारै नष्टहुँदै गएकाछन् । यसको संरक्षणमा स्थानीय सरकार र नागरिक समाजको ध्यानजानआवश्यक देखिएको छ ।