spot_img
घरराष्ट्रिय समाचारजुम्लामा चट्याङ लागेर २१ वटा भेडाबाख्रा मरे

जुम्लामा चट्याङ लागेर २१ वटा भेडाबाख्रा मरे

- Advertisement -spot_img

मुगु । जुम्लाको गुठिचौर गाउँपालिका–२ को झुलेनी भन्ने ठाउँमा चट्याङ लागेर २१ वटा भेडाबाख्रा मरेकाछन् ।शनिबार साँझ ५ बजे रुखमुनि बसेका बेलाचट्याङ पर्दा ती भेडाबाख्रा मरेका हुन् ।
गुठिगाउँका किसान हिरबहादुर ऐडीका १६ र धनकृष्ण रोकायाका पाँचवटा भेडाबाख्रा चट्याङमा परेर मरेको गुठिचौर–२ का पूर्ववडाध्यक्ष तथा स्थानीय धनबहादुर बोहोराले बताए ।
घरमा ल्याउन रुखमुनि जम्मा गरी राखिएको अवस्थामा चट्याङ परेको थियो । हिरबहादुरका ५० वटा र धनकृष्णका ३० वटा भेडाबाख्राछन् ।उनीहरूको घरखर्च भेडाबाख्राबाटै चल्ने गरेको छ।
चट्याङमा भेडाबाख्रा मरेपछिकिसानहरू दुःखी भएकाछन् । गुठिगाउँमा रहेका १७५ घरधुरीमध्ये एकसयभन्दा बढी परिवारले भेडाबाख्रापाल्ने गरेकाछन् ।
गाउँमा करिब ३,५०० भेडा बाख्रा रहेको बोहोराले बताए। उनकाअनुसार एउटा भेडा बाख्राको मूल्यकम्तीमा पनि १० हजारदेखि अधिकतम २५ हजार रुपैयाँ सम्म पर्नेगर्छ ।
पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाकाअनुसार जिल्लाकै सबैभन्दाबढी भेडापालनहुने ठाउँ गुठिचौरको पूर्वी क्षेत्र हो । पाटन र खर्कमा व्यवस्थित भेडीगोठ नहुँदा हरेक वर्ष चट्याङबाट भेडाबाख्रामा ठूलो क्षति हुने गरेको कार्यालयले जनाएको छ।
भेडाबाख्रा चट्याङबाट मरेपछि घरखर्च चलाउन समस्याभएको किसानहरूले बताएकाछन् । किसान हिरबहादुर ऐडीले भने, ‘यो पेसाबाट घरखर्चदेखि छोराछोरीको पढाइखर्च सहज रूपमा चलेको थियो ।’
गुठिचौर–२ का वडाध्यक्ष दीपबहादुर ऐडीले स्थानीय सरकारबाट सम्भव हुने सहयोग गरिने बताए। वडामा रकम नभएकाले गाउँपालिकाको विपद् शाखामा कुरा राख्ने उनको भनाइछ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्