spot_img
घरविश्व समाचारएसियाडोजरले खसालेको ढुंगाले लाग्दा६ वर्षका बालकको मृत्यु

डोजरले खसालेको ढुंगाले लाग्दा६ वर्षका बालकको मृत्यु

- Advertisement -spot_img

मुगुको सोरु गाउँपालिका अन्तरगत पर्ने वडा नम्बर १० बजुरेदेखि दोमुख जोड्ने सडक निर्माणको क्रममा डोजरले ढुंगा खसाल्दा एक जनाको मृत्यु भएको छ ।
हुम्लाबाट आफ्नो घर धैन तिर फर्किदै गर्दा सोरु गाउँपालिका १० बलाडि नजिकै डोजरले खसालेको ढुङ्गा लागेर धैन घर भएका ६ वर्षका बालक लोकजङ्ग नेपालीको घटना स्थलमै मृत्यु भएको हो ।आमा कल्पना नेपाली सिकिस्त घाइते भएको स्थानीयले बताएका छ्न ।
उक्त सडक खण्डको ठेक्का हुम्ला निवासी धुब्र शाहि र डोजर धनी सोही वडा निवासी नवराज मल्लले सडकको निर्माण जिम्मा लिएका छ्न ।
घटना सदरमुकामदेखि टाढा भएको हुनाले थप विवरण आउन बाँकी रहेको छ । अहिले घटना स्थालमा प्रहरी पुगेर थप अनुसन्धान गरिहेको छ ।
घाईते कल्पना नेपालीलाई जिल्ला सदरमुकाम गमगढी ल्याउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्