प्रधानमन्त्री केपी शर्मा ओलीले यसै साता सुरु हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफी अनावरण गरेका छन्।
सुन्धारास्थित धरहरा परिसरमा सोमवार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सहभागी ८ टोलीका मार्की खेलाडीका साथ ट्रफी अनावरण गरेका हुन्।
ट्रफीमा कालापथ्थरबाट ल्याइएको ढुंगा प्रयोग गरिएको नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले जानकारी दिए।
पर्वतारोही निमा शेर्पा र मिङ्मा शेर्पाले कालापथ्थरबाट ढुंगा ल्याएको खड्का जानकारी दिए।
प्रधानमन्त्री ओलीले नेपाल खेलकुदका लागि महत्त्वपूर्ण दिन रहेको जनाउँदै एनपिएलले खेलकुदमा नयाँ उचाईमा पुर्याउने विश्वास व्यक्त गरे। उनले क्रिकेट युवा पुस्ताको सपना बनेको बताए ।
अनावरणमा प्रधानमन्त्री ओलीसहित खेलकुद मन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का सहभागी थिए ।
पहिलो संस्करणको नेपाल प्रिमियर लिग मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौंमा हुँदैछ । एनपीएलमा ८ फेन्चाइज टोलीले सहभागिता जनाएका छन् ।