
राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ परेका हुन् । केन्द्रीय सदस्य मोहन थापा अमेरिकन इमिग्रेसनको हिरासतमा रहेको पार्टीलाई जानकारी प्राप्त भएको रास्वपा नेता मनिष झाले जानकारी गराएका थिए । मोहन थापाले यसअघि नै आफू पार्टीको जिम्मेवारीबाट बाहिर रहन निवेदन दिएको पनि झाले जानकारी गराए।‘मोहन थापाले यस अगावै नै आफूले केही व्यक्तीगत कानुनी प्रक्रियाहरू स्पष्ट र समाधान गर्नु पर्नि र सो समाधान नभएसम्मको लागि आफू केन्द्रीय सदस्यको जिम्मेवारीबाट बाहिर रहन निवेदन दिएर जानुभएको उनको भनाइ छ। पार्टीको वेबसाइटबाट पनि केन्द्रीय सदस्यको सूचीबाट थापाको नाम हटाइएको उनको भनाइ छ।