
मनिषाबस्नेत÷ नेपालन्यूज बैंक
काठमाडौं । काठमाडौंमहानगरपालिकालेफागुन १६ र १७गते राष्ट्रिय सभागृहमाकाठमाडौँ शैक्षिक मेलाआयोजना गर्यो । मेलामाविद्यार्थीहरुले नृत्य, अभिनय, नाट्य, संवादकामाध्यमबाटनविनतमसिकाइगतिविधिप्रदर्शन गरेकाथिए । बुक फ्रीफ्राइडेअन्तर्गतका ३५ वटा शैक्षिकउपसमूहका स्टलमार्फत रुचि र नतिजाप्रदर्शन गरे ।

शारदा माध्यमिकविद्यालयकाकक्षा नौ (९)मा अध्ययनरत विद्यार्थी समिर भट्ट पनिआफ्नो कला देखाउनपाउँदा दंग भए । सैद्धान्तिकज्ञानमात्रलिएकाउनले शैक्षिक मेलामाप्रयोगात्मकरुपमा देखाउनपाउँदाखुसीलागेको बताए ।
उनले भने,‘मेलाएकदमै रमाइलो लाग्यो । सबैलाई आर्ट एण्डक्रिएचरबारेमा बताउदा रमाइलो लाग्यो । नाच र गीतहेर्न पाइयो । सबै स्टलमापुगेर सोध्ने–बुझ्नेगर्दा धेरै कुरा सिक्नपाइएको छ । मैंले पनिभित्तेचित्रअर्थात म्यूरल आर्टका बारेमा बुझाउने मौका पाएँ । मैंले स्टलमाआउने मानिसहरुलाई आर्टको बारेमा जानकारी दिने कामपनि गरे ।’

यस्तै, रत्न राज्यमाध्यमिकविद्यालयकीविद्यार्थी विनिस्का कोइरालाले पनिप्रदर्शनीमा सहभागिहुनपाउँदाको अनुभव सुनाइन् ।
उनले अवलोकनकर्ताहरुले थपप्रोत्साहन गरेको भन्दै खुसीभइन् । उनले आफूले जानेको कलालाई देखाउन र मानिसहरुसँग अन्तरक्रिया गर्न पाएकोलाई ठुलो उपलव्धिकारुपमालिएको पनिबताइन् ।
उनीभन्छिन्,‘हामीले शैक्षिक मेलामाकार्पेटिङ तथाउठकार्भेटको स्टलराख्यौं । आफुले जानेको कुरा देखाउनपाउँदाएकदमै खुसीलागेको छ ।स्टलमा राखेको कुरामामानिसहरुले जिज्ञासा राख्दा राम्रो लाग्छ । आफुले जानेको कुराहरु अवलोकल गर्न आउने मानिसहरुले पनि राम्ररी सुनिदिनुभएको छ । हामीले मानिसहरुसँग अन्तरक्रिया गर्न पायौं । यस्तो अवसर सबैले पाउदैनन् । आफुले जानेको कुरा अरुलाई भन्नपाउनु पनिठूलै उपलव्धिहो ।’

महानगरपालिकाले विद्यालयहरुमा शैक्षिकनतिजा सुधार तथा शैक्षिकवातावरणकालागिथालेका कार्यक्रमहरुबाटविद्यार्थीहरुमा परेको प्रभाव, यसबाटउनीहरुले सिकेका ज्ञान र सीपहरुको प्रस्तुतितथाप्रदर्शनीकालागि मेलाआयोजनागरेको थियो ।
प्रदर्शनीतथा प्रस्तुतिमाविद्यार्थीहरुले नृत्य, अभिनय, नाट्य, संवादकामाध्यमबाटनविनतमसिकाइगतिविधिप्रदर्शन गरेका थिए । बुक फ्रीफ्राइडेअन्तर्गतका ३५ वटा शैक्षिकउपसमूहका स्टलमार्फत रुचि र नतिजाप्रदर्शित भएकाथिए ।

यस्तै नेपालभाषाको सिकाइविधि, मौलिक संस्कृति, भेषभूषाझल्काउने प्रदर्शनी, मौलिकबादनतथागायन प्रस्तुतिदेखाइएको थियो । मेलामाविद्यार्थी नमूना संसद अभ्यास मेलाको प्रमुखआकर्षणबन्यो ।