सिड्नी । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औ जन्म जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अष्ट्रेलियाले यहि अक्टोबर २६ तारिख शनिवार सिड्नीमा एक साहित्यिक कार्यक्रम गर्यो । सिड्नीको मेरिल्याण्ड्स स्थित एनआरएनए अष्ट्रेलियाको सभाहलमा सम्पन्न सो साहित्यिक कार्यक्रममा साहित्यिक व्यक्तित्वहरूद्वारा कविता एवं गजल वाचनका साथ देउसी भैलो कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा कवि शिववहादुर श्रेष्ठको ” उपहार ” नामक पुस्तकको पुस्तक विमोचन समेत गरियो । सो अवसरमा साहित्यिक श्रष्टाहरु प्राध्यापक उमेश उपाध्याय, मधु पुडासैनि , शिवबहादुर श्रेष्ठ ,बालकृष्ण बश्याल, राम कोईराला, आशिष भेटवाल, डा. राजु मानन्धर, जितेन्द्र मल्ल, ममता तिवारी, चतुर्भुज खरेल, भावना पराजुली वास्ताकोटी, मुक्तिराम पोखरेल ,जेनिसा गौतम ,नेत्रप्रसाद पौडेल ,ममता तिवारी,सिमा रोशी , आशिष भेटुवाल, मानस बोहोरा कृष्णप्रसाद भट्टराईद्वारा कविता तथा गजल प्रस्तुत गरिएको थियो ।