शिक्षा भनेको एउटा आनन्द दिने कुरा मात्र होइन । यसले जीवन दर्शन पनि दिन्छ । असल बाटो निर्माण
गरिदिन्छ । शिक्षाले सिप बनाउँन मद्धत गर्छ र त्यसकै उपयोगमा दक्ष जनशक्तिले देशको समग्र विकास हुन्छ । असल शिक्षाका कारण संसारका जुनसुकै राष्ट्रको विकासका साथै गुणस्तरीय जीवनशैली निर्माण भएको छ । शिक्षामा भएको सकारात्मक विकासका कारणले राष्ट्र अग्रगमनतिर लागेका छन् ।
निकै लामो इतिहास बोकेको अनौपचारिक र करिब १ सय ६२ वर्षको इतिहास बोकेको औपचारिक आधुनिक शिक्षा कैयौं वसन्त पार गर्दै अनगिन्ती मोडहरू पार गर्दै आए पनि खासै अगाडि लम्की प्रगतिपथमा उत्कृष्ट छलाङ मार्न सकिरहेको देखिँदैन । माटो सुहाउँदो, जीवनउपयोगी शिक्षा नभएकै कारणले हिजोआज शिक्षा र अवसरका लागि विदेसिने युवाहरूको जमात ठुलै देखिएको छ ।
वैदिककालमा मुनिहरुको ज्ञान आर्जन तपोभूमिका रूपमा चिनिएको नेपालमा आजको शिक्षाको स्तर हेर्दा मात्रै बेरोजगार शिक्षित जमात उत्पादन गर्ने कारखानाका रूपमा बन्दै गएको देखिन्छ । जंगबहादुरले जग बसालेको अङ्ग्रेजी शिक्षा पनि आजका युवालाई अमेरिका, युरोपजस्ता पश्चिमा जगत् मा जान मोहित तुल्याउने शिक्षाको रूपमा मात्र विकास हुन पुगेको छ । यो त शिक्षा लिने क्रममा पास भएर जाने मात्रैको कथा हो । फेल हुने, बीचमै विद्यालय छाड्ने र विद्यालयको अनुहार नै नदेख्नेहरुको कथा अझ विचित्रकै छ ।
आजको शिक्षाको अवस्था हेर्ने हो भने देश विकासको प्रमुख कोशेढुङ्गा शिक्षालाई रद्दी बनाएर फ्याँकिएको छ र अझै पनि भाषणमा शिक्षा र शिक्षा विकासकै कुरामा विभिन्न दलले राजनीति गरिरहेका छन् । शिक्षाविद्हरू पनि राजनैतिक दलकै सदस्य मात्र भएकाले तटस्थ भएर कुनै कार्य गरिरहेका छैनन् । स्थिर सरकार र दीर्घकालीन सोचको अभावमा शिक्षा क्षेत्र मात्र प्रयोगशाला बनेको छ । गतिलै शिक्षाविद्हरू चर्चाका लागि गतिलै कुरा गर्छन् तर तिनमा “मुखमा राम राम बनेको छ । आजको युगको माग सैद्धान्तिक ज्ञानले सिंगारिएका बेरोजगार जन हुल होइन देश विकासमा आफूसँग रहेका सृजनशीलता सहितको कलात्मक विचारले सुसज्जित नवजोशले भरिएका प्राविधिक जनशक्ति उत्पादनमा लाग्नु पर्ने युग हो ।
आज उच्च शिक्षालयले दिइरहेको शिक्षा बाध्यात्मक ज्ञान मात्र भएको अनुभव हुन्छ । अझै गहिरिएर सोच्ने हो भने आजको उपलबध शिक्षाले न त बाँच्नका लागि केही कमाउन सक्छ, न यही माटोमा आफूले पाएको ज्ञान खर्च गरेर जिविकोपार्जन गर्न सकिन्छ । केवल योग्यताको प्रमाणपत्र प्राप्त गर्न मात्र ज्ञानको के मूल्य ? वास्तवमा शिक्षाले व्यावहारिक, नैतिक ज्ञान तथा सीप प्रदान गरी स्वावलम्बी बनाउनु पर्ने हो, आफूले पाएको ज्ञानको उपयोग गरी सहज जीवनशैली बनाउँन सहायता गर्नु पर्नेमा सिपबिहिनको योग्यता प्रमाणपत्रले झन् झन् बेकम्मा, निरास बनाउँदै लगेको छ । एकातिर शिक्षामा पुँजीवादको प्रत्यक्ष असर देखिएको छ भने अर्कातिर उच्च शिक्षाका लागि विद्यार्थीहरू विदेसिन चाहन्छन । के हामीले विदेसिने शिक्षा मात्र दिइरहेका त छैनौं ? उनीहरूलाई यही देशमा राख्न र उनीहरूले पाएका ज्ञानको उपयोगको निम्ति वातावरण बनाउनु पर्दैन यसमा न सरकार, न शिक्षाविद् कसैको चिन्तनमनन नै छैन् ।
वास्तवमै हामीले माटो सुहाउँदो शिक्षा दिन नसकेकै हो । आफूले प्राप्त गरेका ज्ञानको उपयोगिता के ? त । आधारभूत शिक्षा प्राप्त गर्दै गरेकाहरूलाई सोध्यांै भने एउटै उत्तर दश जोड दुई पछि विदेसिन्छु भन्नुको मनोभावना के ? यसका बारेमा सोच्नु पर्दैन ।
हामीले विद्यालयीय र विश्वविद्यालयीय प्रदान गरेको शिक्षाले के सिप, के दक्षता दियो त आम मान्छेको प्रश्न
यसमै देखिन्छ । हाम्रो देशमा शिक्षाका बारेमा बुझेका विशेषज्ञ नभएकै हुन त ? वा भएर पनि निदाएका छन् ? यस्तो किन भइरहेछ ? के शिक्षाको महŒव नबुझेर हो ! या शिक्षामा सैद्धान्तिकीकरण भयो वा शिक्षण गर्ने तौर तरिका मिलेन वा शिक्षाबाट नयाँ कुरा पाएर र नयाँको खोजी गर्नुप¥यो वा अरू केही । यी यावत् यस्ता प्रश्नको सही र समुचित उत्तर नखोजी शिक्षालाई चलाइरहनु भनेको बिग्रिएको गाडीमा चालक बसी चलाएको नाटक गर्नु मात्रै हो । यी यस्ता प्रश्नको उत्तर खोज्नु र शिक्षामा प्रयोग गर्नु नै शिक्षामा क्रान्ति हो ।
देश विकासको मेरुदण्ड शिक्षामा भएको वैचारिक मतभेद, अस्पष्ट शिक्षा नीति तथा कपोकल्पित योजनामा शिक्षा क्षेत्र झन् झन् धराशायी बन्दैछ । नेपालजस्तो विकासशील मुलुकमा आजको नयाँ शिक्षा जहाँ शिक्षालय जाने काम बाध्यात्मक नबनोस् वा भनौ विद्यालय जान विद्यार्थीको मनमा बाध्यता नहोस् जहाँ पास भएका पनि बेरोजगारको हुल हुन नपुगुन्, जहाँ शिक्षाले शान्तिको विकास र शान्तिमय वातावरणको सिर्जना गरोस भन्ने चाहना अनुरूप कार्यान्वयन गर्नु जरुरी छ । विगतलाई फर्केर हेर्ने हो भने शिक्षामा भएको नवीन प्रयोगले केही सफलता हासिल गर्न सकेको छैन । आजसम्म जे भयो भयों, अब पछुताएर भन्दा आउने समयको लागि योजना निर्माण गरी लागु गर्दा अत्यन्त सकारात्मक हुने हुँदा त्यसो गर्न जरुरी छ ।
आधारभूत तहकै शिक्षाले एउटा स्पष्ट बाटो निर्माण गरिदिनु पर्छ । सिपमूलक शिक्षालय जहाँ विद्यार्थी खेल्दै सङ्गीतमा रम्दै शिक्षा ग्रहण गररुन । प्रत्येक विद्यार्थीको मनमस्तिष्कमा देश प्रेम, भाषा प्रेम र मातृप्रेमको भावना भरिनुपर्छ । प्रत्येक विद्यार्थीले आफ्नो देशलाई नजिकबाट चिन्नुपर्छ । दैनिक सरसफाई, घरको काम गर्न पोख्त हुनुपर्छ, जसले गर्दा विद्यार्थीहरू आत्मनिर्भर हुन सकुन् र आत्मनिर्भरताको भावनाको विकास होस् । आफूले अध्ययन गरेका सामग्री वा ज्ञानको प्रयोगमा सक्षम हुन सक्नु पर्दछ ।
कृषि प्रधान मुलुकमा कृषि कर्मको आधारभूत शिक्षासमेत प्रदान गरिन्न । पूर्ववयावसायिक शिक्षा र व्यावसायिक शिक्षालाई सानै कक्षादेखि पढाएर सक्षम बनाउनतिर लाग्नुपर्दछ । त्यसैले हाम्रो क्षमता भएर पनि उपयोग गर्न सकेका छैनौ । त्यसैले हामीले विद्युत् उत्पादन गर्ने शिक्षा दिन जरुरी छ । विद्युत उत्पादन गर्ने शिक्षा पाएका जनशक्तिले देशको विकासमा योगदान गर्न सक्नेछन् । कृषिमा आधुनिकीकरणको जरुरी छ । स्थानीय स्रोत र साधनका उपयोग गर्न सक्ने तथा विश्व बजारमा प्रयोग हुन सक्ने सीप भएका दक्ष, डाक्टर र इन्जिनियर, पाइलटका लागि न्यूनतम शुल्कमा उत्पादन गर्न सके देश सहजै समृद्धितर्फ लम्कन्छ । दीर्घकालीन सिपमूलक शिक्षालाई अभिन्न अङ्गको रूपमा लिनु पर्छ । भाषा, संस्कृति र सिपलाई सबैभन्दा पहिलो प्राथमिकतामा राखिनु पर्छ । यस क्षेत्रमा काम गर्न सक्षम व्यक्तिको छनोट गरिनु पर्छ न कि अहिले जस्तो कहीं नबिकेपछि शिक्षामा त छँदैछ नि भनेजस्तो नहोस् । शिक्षा क्षेत्रमा कारण नै व्यक्तिको सम्मानित जीवन हुन अत्यन्त जरुरी छ । शिक्षा क्षेत्रलाई सबैभन्दा उच्च तहमा राखिनु पर्छ ।
बदलिंदो विश्वको परिवेशलाई हेरेर शिक्षामै ठुलै परिवर्तनको खाँचो देखिन्छ । सिपमूलक माटो सुहाउँदो शिक्षा दिन सके देशलाई माया गर्ने प्रत्येक नेपाली जनताले आत्मसात् गर्नेछन् । राष्ट्रमा एकातिर शिक्षालाई सर्वसुलभ बनाउनु पर्छ । अनिवार्य भाषा र संस्कृति चिाउने शिक्षा लागू गरी जनतालाई आधारभूत शिक्षा प्रदान गर्दै सामाजिक परिवर्तनको लागि जनचेतना अभिवृद्धि गर्ने मुख्य आधारशीलाको रूपमा लैजानु परेको छ भने अर्कोतर्फ सिपमूलक, र श्रममूलक शिक्षा जसले विश्वको परिवेशमा प्रतिस्पर्धा गर्न सक्ने बनाउनु पर्ने आवश्यकता छ । सरकारले सक्षम जनशक्ति उत्पादन गर्न देशमा गुणस्तरीय शिक्षाका लागि उपयुक्त वातावरण सिर्जना गर्नुपर्ने दायित्व रहन्छ । नेपालमा वर्तमान शिक्षा पद्धतिले राष्ट्रिय, सामाजिक एवं व्यक्तिगत आवश्यकताको पहिचान गर्न सकेको पाइँदैन । शिक्षालाई एक निश्चित दिशाबोध गर्न र विश्वको प्रयोगात्मक व्यावहारिक र वैज्ञानिक शिक्षा पद्धति हाम्रो मुलुकले लागू गर्न असमर्थ भएका कारणले विदेसिने विद्यार्थीसँगै अरबौं पैसा विदेसिएको छ । जसले गर्दा अव्यावहारिक शिक्षा दिइएका कारण पद्धतिमाथि नै गम्भीर प्रश्नचिन्ह लाग्ने गरेको छ । त्यसैले वर्तमान शिक्षामा आमुल परिवर्तनको खाँचो टड्कारो देखिन्छ । मुलुकमा अत्यन्त धेरै शैक्षिक समस्याहरू छन्, ती समस्याहरुलाई सत्य, तथ्यसहित पहिचान गरी सम्बोधन गरिनुपर्छ । शिक्षालाई मूल्याकंन गर्ने पद्धतिमा र हेर्ने दृष्टिकोणमा पनि परिवर्तनको खाँचो जरुरी छ ।
देशको स्रोत साधनको उचित उपयोगको लागि शिक्षा क्षेत्रमा आमूल परिवर्तनको आवश्यकता सबैले महसुस गरेकै कुरा परिश्रमी, सीपमूलक दक्ष तथा प्राविधिक जनशक्तिको उपलब्धताबाट मात्र स्रोतसाधनको उपयोग सम्भव हुन्छ भन्नेमा सबैको एकमत देखिन्छ । त्यसमा पनि कृषिप्रधान मुलुकमा कृषि प्रविधिको विकास तथा कृषि प्राविधिक जनशक्ति उत्पादनको माध्यमबाट मात्र कृषि उत्पादकत्व वृद्धि गरी परिवर्तन ल्याउन सकिन्छ भने जलस्रोतको उपयोगका लागि पनि त्यस्तै प्राविधिक जनशक्ति तथा पुँजीको आवश्यकता पर्दछ । जसको विकास विकासले देशको कायापलट हुनसक्दछ । त्यसैले शिक्षालाई समयसापेक्ष, वैज्ञानिक, सिपमूलक तथा व्यावहारिक बनाई जागिर खोज्ने हो, जागिरको सिर्जना गर्ने स्वरोजगारमूलक शैक्षिक जनशक्ति उत्पादन गर्ने गरी परिवर्तन गरिनुपर्दछ ।
देश भनेको प्रकृति– ढुङ्गा– माटो, जङ्गल खोला–नाला नभएर त्यहाँ बसोबास गर्ने जनसङ्ख्या नै हो । राष्ट्रले आफ्नो सीमाभित्र बसोबास गर्ने आवादलाई आवश्यक सुविधा उपलब्ध गराउनुपर्दछ । शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात तथा जीवनका अत्यावश्यक वस्तु राज्यले समुचित रूपमा वितरण गर्नुपर्छ ।
जीवनका लागि आवश्यक पर्ने जे जति सामग्री छन् ती उचित रूपमा राज्यले दिनुपर्ने हुन्छ । हामीलाई लाग्छ— शिक्षा, स्वास्थ्य, यातायात र सञ्चारजस्ता कुरा राज्यले जनतालाई उपलब्ध गराउनुपर्ने हो । शिक्षा जीवनमुखी र व्यावसायिक हुनु त्यत्तिकै आवश्यक छ । शिक्षा हासिल गरेपछि त्यो व्यक्तिले समाज र राष्ट्रलाई आवश्यक परेको ठाउँमा सहयोग गर्न सकोस् । शरीरलाई सक्रिय राख्न जुन किसिमको आहार चाहिन्छ त्यसैगरी मष्तिष्कलाई सक्रिय राख्न ज्ञानको आवश्यकता पर्दछ । तर अहिले हाम्रोमा शिक्षा ज्ञान अभिमुखीकरण नभएर नोकरी र आशातिर उन्मुख भएको देखिन्छ । ज्ञान भनेको अध्ययन र अनुभवले पाइने कुरा हो । यो जति अभ्यास ग¥यो त्यति बढ्दै जान्छ ।
हाम्रो समाजमा रहेको दुःखको कारण भनेको अशिक्षा नै हो, साथै पलायनमुखी शिक्षा र परापुर्खापेक्षी शैक्षिक जीवन दर्शन हो । अहिले हामी एकाइसौँ शताब्दीमा छौँ । विश्वका राष्ट्रहरूले आफ्ना सबै नागरिकलाई साक्षर बनाउने जुन नीति लिएका छन्, तर हाम्रोमा अहिले पनि ४०% भन्दा माथि नै निरक्षरको सङ्ख्या पाइन्छ । यसले सामाजिक परिवर्तनलाई निकै अप्ठयारो पारेको छ । पहिलो कुरा त देशमा सबै साक्षर हुनुपर्छ । त्यसपछि शिक्षित हुनु, त्यत्तिकै आवश्यक छ । जीवन उपयोगी शिक्षा लिनु समयको आवश्यकता हो । शिक्षाले मानिसको चेतना खुल्ने मात्र होइन, बाँच्ने जीवनशैलीको पनि विकास गर्नुपर्छ । शिक्षित व्यक्तिले सामाजिक परिवर्तनमा केही न केही नयाँपन ल्याउनुपर्छ । नोकरी खोज्ने जागिरका पछि लागेर मात्र सामाजिक परिवर्तन नहोला । त्यसैले जीवनमुखी माटो सुहाउँदो शिक्षा नै आजको आवश्यकता हो ।
अहिलेको सन्दर्भमा बुझ्नुपर्ने एउटा कुरा के छ भने हाम्रो शिक्षा प्रणालीले उत्पादन गरेको शैक्षिक जनशक्ति वर्षेनी हजारौँको संख्यामा अष्टे«लिया, अमेरिका र युरोपीयन मुलुकमा गएका छन्, जानेक्रममा छन् । यसमा राज्यको कति लगानी खेर गयो यो सोच्नुपर्ने कुरा हो । यति ठुलो लगानी गरेर हुर्काएका र शिक्षित बनाइएका युवा शक्तिलाई विदेश जान किन राज्य र अभिभावकहरू स्वीकृत दिइरहेका छन् ? यस किसिमको कार्यले राष्ट्रलाई कति फाइदा दिन्छ यो सम्बन्धित सबैमा प्रश्न गर्दा उनीहरू भन्छन्— यहाँ रोजगारी छैन, उद्योगधन्दा छैनन्, राजनीतिक अस्थिरता छ, यहाँ बसेर के गर्ने हाम्रो भविष्य नै अन्यौलपूर्ण छ । त्यसैले हामी विदेश जान बाध्य पारिएका छौँ भन्ने उत्तर आउँछ । यस किसिमको उत्तरले राजनीति दललाई अप्ठ्यारो पार्छ कि पार्दैन ? यसरी विदेश जाने कतिपय अदक्ष र अर्धदक्ष जनशक्तिलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाएर राष्ट्रसेवामा उन्मुख गराउन सके निश्चय नै राष्ट्रले केही पाउने थियो होला । हाम्रा कति डाँडापाखा त्यसै रमिता हेरेर बसेका छन्— कति पर्यटकीय क्षेत्र निर्माण गर्न सकिने स्थानहरू छन्, केही व्यावसायिक तालिम केन्द्रहरू पनि छन् तिनको उदासीनताका कारण पनि यहाँ राम्रा काम हुन सकेको छैन । राज्यको लगानीमा खुलेका त केवल जागीर खान्छन्, त्यसले के कति प्रभाव पारेकोछ, कति आतमनिर्भर बनें अध्ययन समेत गर्दैन । अर्को पक्ष सबैले सरकारी लगानीमा खुलेका ती व्यावसायिक शिक्षण संस्थामा समेत भर्ना हुन सक्दैनन् तिनीहरूका लागि छुट्टै कार्यक्रम बनाएर जीवनोपयोगी शिक्षा दिनु त्यति नै आवश्यक छ । उच्च शिक्षा हासिल गर्नेले पनि श्रमप्रति सम्मान गरेर अगाडि बढे देशमा ठुलाठुला काम गर्न सकिन्छ, त्यसप्रति हाम्रो ध्यान जान सकोस् । हाम्रा कति नदी नाला त्यसै खेर गएका छन् भने हाम्रो जीवन आधा अन्धकारमै बितेको छ । यहीँ बसेर सानातिना विद्युत् आयोजना सञ्चालन गरेर पनि रोजगारी बढाउन सकिन्छ । आधुनिक कृषि प्रणाली अवलम्बन गरी कृषि उत्पादनमा वृद्धि गर्ने, पर्यटन व्यवसायलाई वृद्धि गर्ने, जडिबुटी खेती, लघुजलविद्युत जस्ता प्रशस्त क्षेत्रा लागि यपयोग हुने माटो सुहाउँदो व्यावसायिक, सिपमूलक शिक्षाका लागि के ले रोकेको छ ? अब सोच्नुपर्ला कि ? रोजगारका धेरै विकल्पहरू छन् , स्रोत र साधन गाउँमा खेर गइरहेका छन् । तिनलाई हामीले हेर्नुपर्ने हो, त्यसको व्यवस्थापन गर्नुपर्ने हो । तर यतापट्टि कसको ध्यान जाला, केन्द्रिीय सरकारको, प्रदेश सरकारको कि स्थानीय सरकारको । अलिअलि पढेलेखेका युरोप अमेरिका बाँकी खाडी मुलुकमा काम खोज्न जाने भएपछि के होला भविष्य ???????????????????????????????????????????????????????????????????????
सान्दर्भिक विचार आएको छ ।
Thank you