spot_img

होर्मुज स्ट्रेट बन्द भएकोमा चीनले अमेरिका र इजरायललाई ठहर्‍यायो जिम्मेवार

spot_img

चीनले होर्मुज स्ट्रेट बन्द हुनुको मुख्य जिम्मेवार अमेरिका र इजरायललाई ठहर्‍याएको छ । होर्मुज स्ट्रेट बन्द हुनाले विश्वव्यापी तेल र ग्यास आपूर्ति नराम्ररी प्रभावित भएको छ ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले बिहीबार यो स्थितिको जडमा अमेरिका र इजरायलको इरानविरुद्धको अवैध सैन्य गतिविधिहरू रहेको बताए ।

माओ निङले अन्तर्राष्ट्रिय समुद्री मार्गहरूको सुरक्षा केवल युद्धविराम र खाडी क्षेत्रमा शान्ति तथा स्थिरता बहाली भएपछि मात्र सम्भव हुने बताए ।

अमेरिका र इजरायलले फेब्रुअरी २८ देखि इरानमाथि हमला सुरु गरेपछि इरानले होर्मुज स्ट्रेटबाट गुज्रिने व्यावसायिक जहाजहरूलाई निसाना बनाउने चेतावनी दिए । इरान र ओमानको बीचमा अवस्थित यो जलमार्ग विश्वव्यापी ऊर्जा आपूर्तिको प्रमुख केन्द्र हो । इरानी तटको अत्यन्तै नजिक भएका कारण अमेरिकाका लागि जहाजहरूलाई सुरक्षा दिन कठिन मानिएको छ । 

हालका लागि केही सीमित ट्यांकरहरूलाई मात्र तेहरानको अनुमतिपछि जान दिइएको छ । चीन इरानी कच्चा तेलको सबैभन्दा ठूलो खरिदकर्ता मानिन्छ । 

यसैबीच, अमेरिकी राष्ट्रपति ट्रम्पले यस जलमार्गको सुरक्षाको जिम्मेवारी मुख्य रूपमा इरानबाट तेल आयातमा निर्भर रहेका देशहरूको भएको र अमेरिकाको नभएको बताए ।

सम्बन्धित खबर

विज्ञापनको लागि हामीलाई सम्झनुहोस्।spot_img

हालको अन्य खबरहरू