spot_img
घरराष्ट्रिय समाचारमेला महोत्सवले देशको अर्थतन्त्रलाई सहयोग पुग्छ

मेला महोत्सवले देशको अर्थतन्त्रलाई सहयोग पुग्छ

- Advertisement -spot_img

काठमाडौं । उपप्रधान एंव शहरी विकासमन्त्री प्रकाशमान सिंहले मेला महोत्सवले देशको अर्थतन्त्रलाई लयमा ल्याउन प्रत्यक्ष रुपमा प्रभाव पार्ने बताएका छन्

शुक्रबार भक्तपुरमा मध्यपुर महोत्सव उदघाटन समारोहमा उनले महोत्सवमा सबै मौलिक सामानहरु रहेको भन्दै यसबाट देशको अर्थतन्त्र पनि सुधार हुने बताए ।

शुक्रबार भक्तपुरमा मध्यपुर महोत्सव उदघाटन समारोहमा उनले महोत्सवमा सबै मौलिक सामानहरु रहेको भन्दै यसबाट देशको अर्थतन्त्र पनि सुधार हुने बताए ।

यसका साथै, काम गर्ने इच्छा भए देशभित्रै सम्भावना भएको कुरा पनि महोत्सवले देखाउन खोजेको उनको भनाई छ । 

उनले भने, ‘नेपालमा नै बसेर के गर्न सकिन्छ र भन्ने खालको भाष्य नेपालमा बसेको छ । तर काम गर्ने इच्छा भयो भने सम्भावना प्रशस्त मात्रामा रहेको कुरा पनि यो महोत्सवले देखाउन खोजेको छ । यसको साथै देशको अर्थतन्त्रलाई पनि लयमा ल्याउनको लागि महोत्सवले धेरै ठूलो प्रत्यक्ष रुपमा प्रभाव पार्छ ।’

उनले यो महोत्सवले ठिमिभित्र रहेका सबै मूर्त, अमूर्त सम्पदाहरुलाई विश्वसामु ल्याउन सहयोग गर्ने भन्दै यो सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गरे । उनले भने, ‘मध्यपुर ठिमिभित्र रहेका सबै मूर्त, अमूर्त सम्पदाहरुलाई विश्वसामु चिनाउन, देखाउन, सम्झाउन र बुझाउनको लागि महोत्सव आयोजन भएको छ

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्