spot_img
घरराष्ट्रिय समाचारपूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ ‘हेमबहादुर मल्ल सम्मान’ले सम्मानित 

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ ‘हेमबहादुर मल्ल सम्मान’ले सम्मानित 

- Advertisement -spot_img

काठमाडौं । नेपाल जनप्रशासन सङ्घले यस वर्ष ‘हेमबहादुर मल्ल सम्मान’ पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई प्रदान गरेको छ ।

नेपाल जनप्रशासन सङ्घ र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले बिहीबार  काठमाडौंमा सम्मान कार्यक्रमको आयोजना गरी पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई नगद दुई लाख रुपियाँसहित सम्मान प्रदान गरेको हो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले पूर्व प्रधानन्यायाधीश श्रेष्ठले स्वतन्त्र न्यायपालिकाको लागि गरेको योगदान न्याय जगतको सम्पती रहेको बताए । 

‘विधिको शाषनको लागि, न्यायिक अक्षुणताको लागि, स्वतन्त्र न्यायपालिकाको लागि र मानव अधिकारमा वहाँले दिनुभएको अथाह योगदान न्याय जगतको सम्पती हो । विचार, वाणीमा उहाँको विलक्ष्णता अदभुत र अदितीय छ,’उनले भने । 

यसैगरी पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले सुशाषनको लागि जवाफदेहिता, पारदर्शीता र सेवा गर्ने मनोभाव चाहिने बताए ।  

‘हामी सुशाषनको कुरा गर्छौ सुशाषन यसै हुने कुरा हो र सुशाषन हुनलाई धेरै कुरा हुनुपर्छ । सुशाषनका लागि म संविधानको यात्रादेखि जीवनको अन्य यात्राहरुमा हिडेको छु । सुशाषनको लागि समान व्यवहार चाहिन्छ, जवाफदेहिता चाइन्छ, कानून प्रतिको प्रतिवद्धता चाइन्छ, पारदर्शीता चाइन्छ, क्षमता चाइन्छ र सेवा गर्ने मनोभाव चाइन्छ,’उनले भने ।

यसअघि सो सम्मानबाट  केदारभक्त माथेमा, चाँदनी जोशी, डा. भगवान कोइराला, डा. विमल कोइराला, महावीर पुन, अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, दमननाथ ढुङ्गाना, डा. सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेशप्रसाद मैनाली, दामोदर गौतम, डा। देवेन्द्रराज पाण्डे, कुलमन घिसिङ, डा। सन्दुक रुइत, डा. गौरीशंकर लाल दास, सूर्यनाथ उपााध्याय, गोरक्षबहादुर न्हुच्छे, भानुप्रसाद आचार्य र डा. भेषबहादुर थापा सम्मानित भइसकेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्