spot_img
घरविश्व समाचारउत्तर अमेरिकाट्रम्पको अन्तिम चेतावनीपछि हमास वार्तामा बस्न तयार

ट्रम्पको अन्तिम चेतावनीपछि हमास वार्तामा बस्न तयार

- Advertisement -spot_img

 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले युद्धविराम र बन्धक रिहाइ योजना स्वीकार गरेको दाबी गरेका छन् । उनले गाजा युद्ध अन्त्यका लागि आफ्ना सर्तहरू मान्न हमासलाई अन्तिम चेतावनी पनि दिएका छन् ।

ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गर्दै सबै बन्धकलाई घर फर्काउन चाहेको र युद्ध समाप्त भएको हेर्न चाहेको बताएका छन् । उनले  इजरायलीहरूले उनका सर्तहरू स्वीकार गरिसकेको बताउँदै अब हमासका लागि पनि यो स्वीकार गर्ने समय आएको बताए । उनले हमासलाई स्वीकार नगरेको खण्डमा हुने परिणामबारे चेतावनी दिँदै यो उनको अन्तिम चेतावनी भएको प्रष्ट पारेका छन् । 

हमासले भन्यो – तत्काल वार्ताको टेबलमा बस्न तयार छौँ
ट्रम्पको अन्तिम चेतावनीपछि हमासले वक्तव्य जारी गरेको छ । वक्तव्यमा जनतामाथिको आक्रमण अन्त्य गर्ने, गाजा पट्टीबाट पूर्णरूपमा फिर्ता हुने र गाजा पट्टी सञ्चालन गर्नका लागि स्वतन्त्र प्यालेस्टिनीहरूको एक समिति गठन गर्ने स्पष्ट घोषणाको बदलामा सबै कैदीहरूको रिहाइबारे छलफल गर्नका लागि तत्काल वार्ताको टेबलमा बस्न तयार भएको भनिएको छ ।

टाइम्स अफ इजरायलले हमासको बक्तव्यलाई उदृत गर्दै लेखेको छ, “हाम्रा जनतामाथिको आक्रमण रोक्न मद्दत गर्ने कुनै पनि कदमलाई हमास स्वागत गर्छ ।”

हमासले यी विचारहरूलाई आफ्ना मागहरू पूरा गर्ने एक सम्झौतामा परिणत गर्न मध्यस्थकर्ताहरूसँग निरन्तर सम्पर्कमा रहेको बताएको छ ।

विपक्षी नेता याइर लापिडले मध्यस्थकर्ताहरूको प्रयासका बाबजुत पनि नेतन्याहूको सरकारले वार्तामा ढिलाइ गरिरहेको आरोप लगाउँदै आएका छन् । टाइम्स अफ इन्डिया

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्