काठमाडौँ महानगरपालिकामा लामो समयदेखि बैठक बस्न नसकेको कारणले गर्दा शैक्षिक संस्थाहरू अनिर्णयको बन्दी बनिरहेका छन्।
विशेषगरी ठाउँ स्थान्तरण भई जाने स्कुलहरूको हकमा कुनै पनि निर्णय हुन नसकेको कारण सम्बन्धित निकायले यो कुरालाई चासो देखाई ध्यानाकर्षण गरी समस्याको समाधान गरिदिनका लागि विद्यालय संचालकहरु चारैतिर भौंतारिरहेको अवस्था रहेको छ। यसैबीच एक विद्यालयकी संचालक कमला श्रेष्ठका अनुसार कम्पनि ऐनको हकमा विद्यालय स्थान्तरणको काम सम्पन्न भइसकेको छ भने काठमाडौँ महानगरपालिकामा लामो समयदेखि बैठक नभएकाले सथानीय सरकारको निर्णय नआउँदासम्म समग्र रुपमा यसको असर सबैले भोग्नु परिरहेको छ।