इरान-अमेरिका युद्धको सुरुआतमा कुवेतस्थित अमेरिकी सैन्य बेसमा भएको आक्रमणका बारेमा नयाँ जानकारी सार्वजानिक भएको छ । उक्त आक्रमणमा १०० भन्दा बढी अमेरिकी सैनिक घाइते भएको बताइएको छ ।
पहिले उक्त आक्रमणमा अमेरिकी सेनाका सात जवान घाइते भएको र पछि उनीहरूको मृत्यु भएको खबर आएको थियो । तर, अहिलेको रिपोर्टमा त्यस हमलामा करिब १०० देखि १५० सम्म सैनिक घाइते भएको दाबी गरिएको छ ।
यी घाइते सैनिकहरूलाई उपचारका लागि विभिन्न सैन्य अस्पतालहरूमा पठाइएको र केहीलाई स्थानीय अस्पतालमा लगिएको बताइएको छ । केहीलाई जर्मनीको ल्याण्डस्टुल मा रहेको सैन्य अस्पतालमा भर्ना गरिएको संचारमाध्यमहरूले जनाएको छ ।



