spot_img
घरराष्ट्रिय समाचारनेपालले जित्यो एसीसी पुरुष यू–१६ इस्ट जोन कपको उपाधि

नेपालले जित्यो एसीसी पुरुष यू–१६ इस्ट जोन कपको उपाधि

- Advertisement -spot_img

एसीसी पुरुष यू–१६ इस्ट जोन कप २०२५ को फाइनल खेलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले लगातार दोस्रोपटक उपाधि जित्न सफल भएको छ ।

अघिल्लो संस्करणमा पनि जित हात पारेको नेपालले लगातार दोस्रोपटक उक्त उपाधि हात पारेको हो ।  नेपालले पछिल्लो संस्करणको फाइनलमा मलेसियालाई हराउँदै यो उपाधि जितेको थियो ।

शनिबार बिहान भएको फाइनल खेलमा सिंगापुरले जितका लागि प्रस्तुत गरेको १ सय १४ रनको लक्ष्य नेपालले २८.५ ओभरमा ८ विकेटको क्षतिमा पुरा गर्यो ।

आजको खेलमा परिमर्जन यादवले तीव्र गतिमा ९ बलमा १३ रन बनाए पनि दोस्रो ओभरमा आउट हुन पुगे । उनले ३ चौका प्रहार गरे । त्यसपछि प्रसिद्ध जैसी र विकेटकिपर शिवांश बजगाईले टोलीको इनिङ्स सम्हाले । दुवैले दोस्रो विकेटका लागि २३ बलमा २७ रन जोडे ।

छैठौ ओभरमा बजगाई १३ बलमा २० रन बनाउँदै आएट हुन पुगे। उनले २ प्रहार गरे। प्रतियोगितमा सबैभन्दा धेरै रन बनाएका रौनक श्रीवास्तव पहिलो बलमा नै कपिस वेंकटरामनको शिकार बने ।

 नेपाललाई जित दिलाउन जोय थापाले अविजित रहँदै सर्वाधिक २४ रन बनाए। ५३ बल खेलेका उनले ३ चौका  प्रहार गरे। अभय यादव १० रनमा अविजित रहे।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्