spot_img
घरराष्ट्रिय समाचारभीष्मराज ढकालको अध्यक्षतामा काठमाडौं जिल्ला डजबलको नयाँ कार्यसमिति गठन

भीष्मराज ढकालको अध्यक्षतामा काठमाडौं जिल्ला डजबलको नयाँ कार्यसमिति गठन

- Advertisement -spot_img

काठमाडौं, असार २८ – काठमाडौं जिल्ला डजबल संघको प्रथम साधारण सभा तथा निर्वाचनले भीष्मराज ढकालको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
शनिबार कपनस्थित पुष्पलाल मेमोरियल स्कुलमा सम्पन्न निर्वाचनमा अध्यक्ष सहित सम्पूर्ण पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका हुन्। जसअनुसार अध्यक्षमा भीष्मराज ढकाल, उपाध्यक्षमा विनोद अधिकारी, सचिवमा श्यामबहादुर श्रेष्ठ, कोषाध्यक्षमा शोभा ठाकुर तथा सदस्यहरूमा पवित्रा घिमिरे नेपाल, रेखा लामा, मनिष ढकाल, मदनबहादुर बिक र कौशल ज्ञवाली चयन भएका छन्।


राष्ट्रिय खेलकुद परिषद्की कार्यकारी बोर्ड सदस्य सुवर्ण श्रेष्ठको प्रमुख आतित्थ्यतामा भएको उक्त कार्यक्रममा, विशेष अतिथिका रुपमा काठमाडौं जिल्ला खेलकुद विकास समितिकको प्रतिनिधिका रुपमा कार्यालय प्रमुख शारदा दाहाल, बूढानीलकण्ठ नगरपालिका–१० का वडा अध्यक्ष एवं नगर प्रवक्ता नवराज भट्टराई, वडा नं. १२ का अध्यक्ष शम्भु भट्टराई, कलाकार अशोक ढकाल, अर्जुन तिमल्सिना, सुमन ज्योति न्यौपाने, रत्न श्रेष्ठ, ब्याडमिन्टनका अन्तर्राष्ट्रिय अम्पायर उदय अर्याल, नेपाल क्योकुशिन कराँतेका सहायक प्रशिक्षक सन्जु महार्जन लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। सो अवसरमा नेपाल डजबल महासंघ तदर्थ समितिका प्रतिनिधिको विशेष उपस्थिति रहेको थियो।

यसअघि २०८१ साल चैत १० गते नारायण वाग्लेको अध्यक्षतामा काठमाडौं जिल्ला डजबल संघको तदर्थ समिति गठन गरिएको थियो भने समितिले बागमती प्रदेश खेलकुद विकास परिषद्को निर्देशनअनुसार आवश्यक प्रक्रिया पूरा गरी साधारण सभा तथा निर्वाचन सम्पन्न गरेको हो।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्