काठमाडौं । यही फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । प्रत्यक्षसँगै समानुपातिकतर्फको मतगणना पनि भइरहेको छ ।
समानुपातिकतर्फ आइतबार (फागुन २४) मध्याह्न साढे १२ बजेसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १६ लाख ४१ हजार १५३ मत प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले पाँच लाख ५५ हजार ९०० मत ल्याएको छ ।
नेकपा (एमाले) चार लाख ६४ हजार ३४१ मतसहित तेस्रो स्थानमा छ । चौथो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुई लाख २५ हजार ७८१ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) एक लाख १९ हजार ७६७ मतसहित पाँचौँ स्थानमा छ । छैटौँ स्थानमा रहेको श्रम संस्कृति पार्टीले ६८ हजार ८४६ मत प्राप्त गरेको छ ।
राष्ट्रिय परिवर्तन पार्टी ४० हजार २४६ मतसहित सातौँ स्थानमा छ । आठौँ स्थानमा रहेको जनता समाजवादी पार्टी, नेपालले ३३ हजार २७० मत ल्याएको छ ।
जनमत पार्टी १६ हजार ६०३ मतसहित नवौँ स्थानमा छ । १०औँ स्थानमा रहेको नेपाल मजदुर किसान पार्टीले १५ हजार ४३९ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।
यसपछि क्रमशः एकल चिह्न चकिया (जाँतो) १३ हजार ६९१, राष्ट्रिय जनमोर्चा ११ हजार ११४, नेपाली कम्युनिस्ट पार्टी (माओवादी) १० हजार ८१७, राष्ट्र निर्माण दल १० हजार १११, नेपाल जनता संरक्षण पार्टी सात हजार ७४९, प्रगतिशील लोकतान्त्रिक पार्टी पाँच हजार ९०६, मंगोल नेसनल अर्गनाइजेसनको पाँच हजार ३६९ मत छ ।
आयोगका अनुसार, समानुपातिकतर्फ हालसम्म ३२ लाख ९३ हजार ९४५ मतगणना गरिएको छ । अरू केही दलले पनि समानुपातिक मत पाएका छन् ।



