spot_img
घरविश्व समाचारएसियानेपाल र बंगलादेशबीचको पहिलो खेल गोलरहित बराबरीमा सम्पन्न

नेपाल र बंगलादेशबीचको पहिलो खेल गोलरहित बराबरीमा सम्पन्न

- Advertisement -spot_img

काठमाडौं — दशरथ रंगशालामा शनिबार भएको नेपाल र बंगलादेशबीचको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा सकिएको छ।

खेलको सुरुआतमै बंगलादेशले गोल गरे पनि रेफ्रीले अफसाइडको संकेत गर्दै त्यसलाई अस्वीकार गरे। २९ औं मिनेटमा नेपालले अग्रता लिने सुनौलो मौका गुमायो। मणि लामाको फ्रिकिकमा अनन्त तामाङको हेडरलाई बंगलादेशका गोलकिपर मोहम्मद सुजोन हुसेनले उत्कृष्ट बचाउ गरेका थिए। त्यसैगरी, ३९ औं मिनेटमा बंगलादेशका सुमोन रेज्जाको प्रहार पनि क्रसबारमाथिबाट बाहिरियो।

दोस्रो हाफमा पनि दुवै टोलीले आक्रमण जारी राखे तर गोल गर्न सकेनन्। ६८ औं मिनेटमा जिलेश्पीजंग कार्कीको लामो दूरीको प्रहारलाई बंगलादेशका किपरले रोकिदिए भने ७६ औं मिनेटमा रकिब होसेनको पासमा सोहेल रानाको शक्तिशाली प्रहारलाई नेपाली गोलकिपर किरण चेम्जोङले बचाए।

यो खेलसँगै नेपाली राष्ट्रिय पुरुष टोलीले २१ महिनापछि दशरथ रंगशालामा पहिलो पटक खेल खेलेको हो। यसअघि सन् २०२३ को नोभेम्बरमा नेपालले यमनसँग घरेलु मैदानमा खेलेको थियो।

एन्फाका अनुसार खेल हेर्न ४ हजार ८ सय ८ दर्शकले टिकट खरिद गरेका थिए। नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल मंगलबार हुनेछ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्