spot_img
घरविश्व समाचारउत्तर अमेरिकाबोल्सोनारोको मुद्दा खारेज नगरे ब्राजिललाई ५० प्रतिशत कर लगाउने ट्रम्पको धम्की

बोल्सोनारोको मुद्दा खारेज नगरे ब्राजिललाई ५० प्रतिशत कर लगाउने ट्रम्पको धम्की

- Advertisement -spot_img

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलका पूर्वराष्ट्रपति जेयर बोल्सोनारोको मुद्दा खारेज नगरे ब्राजिललाई ५० प्रतिशत कर लगाउने धम्की दिएका छन् । 

दक्षिण अमेरिकी देश ब्राजिलसँगको विवाद तीव्र बनाउँदै ब्राजिलमा उत्पादित वस्तुहरूमाथि ५० प्रतिशत आयात कर लगाउने योजना बनाएको ट्रम्पले बताएका छन् ।

बीबीसीका अनुसार, ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै ब्राजिलमाथि अमेरिकी प्रविधि कम्पनीहरूमाथि आक्रमण गरेको र पूर्व दक्षिणपन्थी राष्ट्रपति बोल्सोनारोलाई न्यायिक रूपमा उत्पीडन गरिएको आरोप लगाएका छन् ।

बोल्सोनारो सन् २०२२ को निर्वाचनलाई उल्टाउने षड्यन्त्रमा संलग्न भएको अभियोगमा मुद्दा खेपिरहेका छन् ।
ट्रम्पको भनाइपछि ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै, ब्राजिलमाथि कर लगाइए त्यसको बदलामा कारबाही गर्ने चेतावनी दिएका छन् । उनले ब्राजिलको न्यायिक प्रणालीमा कुनै पनि हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पारे ।

ट्रम्पले यो हप्ताको सुरुमा लुलासँग बोल्सोनारोको मुद्दालाई लिएर समेत विवाद गरेका थिए । त्यस क्रममा लुलाले ‘ब्राजिलले कसैको पनि हस्तक्षेप स्वीकार गर्दैन’ भन्दै देशको कानुनी प्रक्रियामाथि बाह्य प्रभाव अस्वीकार्य हुने बताएका थिए । उनले भनेका थिए, “कानुनभन्दा माथि कोही हुँदैन ।”

ब्राजिलका लागि ट्रम्पले पहिला घोषित १० प्रतिशत करलाई बढाएर ५० प्रतिशत पुर्‍याउने चेतावनी दिएका छन् ।
ट्रम्पले यो करको दर हालको सत्ताद्वारा गरिएको गम्भीर अन्यायलाई सुधार गर्न आवश्यक भएको दाबी गरेका छन् । उनले अमेरिकी व्यापार प्रतिनिधिलाई ब्राजिलको डिजिटल व्यापार अभ्यासबारे अनुसन्धान सुरू गर्न निर्देशन दिने बताएका छन्। स्रोत:बिबिसी

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्