spot_img
घरविश्व समाचारदक्षिण अमेरिकाअर्जेन्टिनी प्रशिक्षक साम्पाओली रेनेसको जिम्मेवारीमा

अर्जेन्टिनी प्रशिक्षक साम्पाओली रेनेसको जिम्मेवारीमा

- Advertisement -spot_img

चिलीका पूर्वप्रशिक्षक जर्ज साम्पाओली फ्रेन्च क्लब रेनेसको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

यसअघि, रेनेसले गत बिहीबार तत्कालीन मुख्य प्रशिक्षक जुलियन स्टेफनलाई बर्खास्त गरेको थियो । नयाँ सिजनमा खराब लयबाट गुज्रिएको रेनेसले स्टेफनको प्रशिक्षणमा १० खेल खेल्दा तीन खेलमा मात्र जित निकालेको थियो ।

रेनेसले नयाँ प्रशिक्षक साम्पाओलीसँग सन्र २०२६ सम्मको सम्झौता गरेको छ । अर्जेन्टिनी प्रशिक्षक साम्पाओलीले यसअघि सन् २०१२ देखि २०१६ सम्म चिलीको प्रशिक्षण सम्हालेका थिए । उनले सन् २०१५ मा चिलीलाई कोपा अमेरिकाको उपाधिसमेत दिलाएका थिए । यस्तै, उनले सन् २०१७ देखि २०१८ सम्म अर्जेन्टिनाको समेत प्रशिक्षण सम्हालेका थिए ।

“साम्पाओली र उनको टोलीसँग एउटा समूहलाई कसरी व्यवस्थित गराउन सकिन्छ भन्ने भिजन छ,” साम्पाओलीसँगको सम्झौताबारे खुलाउँदै रेनेसका निर्देशक अर्नाउड पाउलीले भने ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्