spot_img
घरराष्ट्रिय समाचारएनप्याब्सनको खेलकुद सप्ताह हुने

एनप्याब्सनको खेलकुद सप्ताह हुने

- Advertisement -spot_img

एनप्याब्सन काठमाडौं जिल्ला कार्यसमितिको आयोजनामा सातौं एनप्याब्सन खेलकुद सप्ताह मंसिर २१ गतेदेखि हुने भएको छ ।
खेलकुद सप्ताहमा विभिन्न ४ खेलको प्रतिस्पर्धा हुने कार्यक्रम संयोजक प्रेमकुमार भुजेलले जनाएका छन् । फुटसल, बास्केटबल, कबड्डी र तानडोरीमा छात्र÷छात्रातर्फ प्रतिस्पर्धा हुनेछ ।
चारै खेलका लागि संयोजक पनि तोकिएको छ । फुटसलमा गोकर्णेश्वर नगर प्याब्सनका अध्यक्ष निराजन आचार्य, बास्केटबलमा आयोजकका उपाध्यक्ष माधव अधिकारी, कबड्डीमा आयोजकका पूर्व उपाध्यक्ष श्याम योञ्जन र तानडोरीमा आयोजकका उपाध्यक्ष नारायणबाबु तिम्सिनालाई संयोजकको जिम्मेवारी दिइएको छ ।
फुटसल कमलादीस्थित युनिग्लोब कलेज, बास्केटबल कपनको सरस्वतीनगरस्थित एपेक्स लाइफ स्कुल, कबड्डी भीमसेनगोलास्थित अमर आदर्श स्कुल र तानडोरी बूढानीलकण्ठमा खेलाइने छ ।
खेलकुद सप्ताहमा ७५ भन्दा बढी विद्यालयको सहभागिता रहने आयोजकले जनाएको छ । उद्घाटनको मार्च पास्टमा शीर्ष तीन स्थानमा रहने विद्यालयलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार नगद पुरस्कार प्रदान गरिने छ ।
मंसिर २९ गतेसम्म चल्ने खेलकुद सप्ताह सञ्चालन गर्न करिब ७ लाख रुपैयाँ खर्च हुने अनुमान रहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्